२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरराष्ट्रिय उडानको लागि चार्टर उडान अनुमति प्रदान नगर्न सरकारको ध्यानाकर्षण

२०७८, ५ जेष्ठ बुधबार १०:२७

जेठ ५, काठमाडौँ | नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले चार्टर उडानमा अत्यधिक हवाई भाडा महङ्गो भएको भन्दै नाट्टाले अन्तरराष्ट्रिय गन्तव्यका लागि चार्टर उडान अनुमति प्रदान नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । (नाट्टा)ले नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै त्यस्तो ध्यानाकर्षण गराएको हो । 

नाट्टाका कार्यवाहक अध्यक्ष विनय बस्नेतले मङ्गलबार विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमणले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी पर्यटक अलपत्र परेको भन्दै स्वदेश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गर्नुभएको हो । “नेपाल आएका विदेशी पर्यटक आफ्नो भ्रमण सम्पन्न गरी आफ्नो गन्तव्यमा जानलाई रोकिएको अवस्थामा त्यस्ता पर्यटकको विवरण सङ्कलन गरी यसै आधारमा आवश्यक गन्तव्यको पहिचान गरी कम्तीमा प्रत्येक साता दुई/तीनवटा नियमित उडान गर्नुपर्छ”, नाट्टाका कावा अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

नाट्टाले मे २५ देखि नियमित उडानका लागि अनुमति प्रदान गर्न, नियमित उडानबाट आवतजावत गर्ने विदेशी तथा नेपाली नागरिकलाई कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड लागू गराउन आग्रहसमेत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ