रमेश लम्साल/काठमाडौँ, २७ साउन । मुलुकको कुल व्यापार घाटा रु सात खर्ब चार अर्ब ४५ करोड ८१ लाख १२"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश लम्साल/काठमाडौँ, २७ साउन । मुलुकको कुल व्यापार घाटा रु सात खर्ब चार अर्ब ४५ करोड ८१ लाख १२"/>
१९ माघ २०८२, आईतवार
अर्थ/विकास

व्यापारघाटा सात खर्ब बढी, आयातमुखी अर्थतन्त्रले निर्यात घट्दै

२७ श्रावण २०७३, बिहीबार १०:५३

रमेश लम्साल/काठमाडौँ, २७ साउन । मुलुकको कुल व्यापार घाटा रु सात खर्ब चार अर्ब ४५ करोड ८१ लाख १२ हजार पुगेको छ । 

भन्सार विभागकाअनुसार भारतबाट गत आवमा मात्रै रु चार खर्ब ८३ अर्ब ३० करोड ७७ लाख ६४ हजार बराबरको आयात गरिएको छ भने निर्यात रु ३९ अर्ब ५६ करोड २० लाख ४६ हजार रहेको छ । 

भारततर्फको व्यापार घाटा रु चार खर्ब ४३ अर्ब ७४ करोड ५७ लाख १८ हजार रहेको छ । चीनबाट रु एक खर्ब १६ अर्ब ११ करोड ६२ लाख १५ हजारको आयात भएको छ भने रु एक अर्ब ७१ करोड ९४ लाख ६७ हजारको निर्यात भएको छ । चीनतर्फको व्यापारघाटा रु एक खर्ब १४ अर्ब ३९ करोड ६७ लाख ४८ हजार रहेको छ । 

विभागकाअनुसार गत आवमा सबैभन्दा बढी आयात भैरहवा भन्सारबाट भएको छ भने दोस्रोमा वीरगन्ज भन्सार रहेको छ । विश्वका ९७ मुलुकमा सामान आयात तथा निर्यात गरिएको छ । विभागकाअनुसार गत आवमा रु सात खर्ब ७४ अर्ब ७१ करोड २२ लाख ७७ हजारको कुल आयात भएको छ भने रु ७० अर्ब २५ करोड ४१ लाख ६५ हजारको मात्रै निर्यात भएको छ । अघिल्लो आवमा रु सात खर्ब ८६ अर्ब १९ करोड १४ लाख तीन हजारको आयात भएको थियो भने निर्याततर्फ रु ८५ अर्ब १९ करोड ४७ लाख ५४ हजार देखिएको छ । 

दश भन्सार विन्दु पूर्णरुपमा विद्युतीय प्रणालीमा जाँदै 

सरकारले दशवटा प्रमुख भन्सार विन्दुलाई पूर्णरुपमा विद्युतीय बनाउने भएको छ । भन्सार जाँचपास प्रक्रियालाई सरलीकृत बनाउने योजनाअनुसार सो प्रक्रिया सुरु गरिएको हो । पहिलो चरणमा मेची भन्सार कार्यालय र वीरगन्जस्थित सुक्खा बन्दरगाहामा सो प्रणाली जडान गरिने र चालु आवभित्र अन्य स्थानमा आवश्यक प्रक्रिया सुरु गरिने छ । 

भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा दिइएको जानकारीअनुसार परम्परागत भन्सार प्रणालीले व्यापारीलाई समस्या भएको, आयात निर्यातमा जटिलता पैदा भएको र राजस्व सङ्कलनका लागि समेत पैदा भएकाले सरलीकृत बनाउन लागिएको जानकारी दिइयो । उद्योगी तथा व्यवसायीको माग बमोजिम अन्तर्राष्ट्रियस्तरको भन्सार बनाउने लक्ष्यसहित सरकारले पारदर्शी एवम् व्यावसायिक बनाउन लागिएको, भौतिक पूर्वाधार नभएका स्थानमा पूर्वाधार बनाउने, विद्युतीय प्रणालीमा जोड्ने, चोरी पैठारी नियन्त्रण गर्ने, अवैध व्यापार र कारोबार नियन्त्रण गर्ने विभागले लक्ष्य राखेको छ । 

भन्सार विन्दुमा अत्याधुनिक एक्सरे मेसिन जडान गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अत्याधुनिक प्रणाली जडान गर्ने, चोरी नियन्त्रणका लागि कडाइ गर्ने, नीतिगत तथा प्रशासनिक जटिलता सुधार गर्ने, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, उत्तरी सीमा नाका र भन्सारलाई थप सवलीकरण गर्ने विभागको योजना छ । 

भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानाले आर्थिक समृद्धिका लागि विश्वव्यापी रुपमा प्रतिपादित सिद्धान्त तथा अनुबन्धहरुको पालना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारलाई व्यवस्थित गर्ने, मुलुकमा आर्थिक गतिविधिका लागि सहयोग पु¥याउने तथा सामाजिक दायित्व निर्वाह गरी नागरिकप्रतिको जिम्मेवारी पूरा गरिने बताउनुभयो । 

भन्सार प्रणाली सुधार र आधुनिकीकरणका लागि विभागले विद्यमान प्रणालीमा स्तरोन्नती गर्ने, एकीकृत सेवाको एकद्वार प्रणाली जडान गर्नेलगायतका कार्यक्रम अगाडि सारिएको उहाँको भनाइ छ । 

अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनालले भन्सार विन्दुमा देखिएको व्यवधानलाई कम गर्दै उपभोक्तालाई सहज र सरल मूल्यमा सामान उपलब्ध गराउनेतर्फ विभाग क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो पदभार ग्रहण गर्दा भन्सार विन्दुको सुधार र विद्युतीय प्रणाली जडान गर्नेलगायतका विषयमा नीतिगत निर्णय गर्नु भएबमोजिम तत्काल प्रक्रिया सुरु गर्न विभागले तत्काल काम सुरु गर्नपर्ने उहाँले बताउनुभयो । 

‘भन्सार विन्दु पूर्ण आधुनिकीकरण गरिन्छ’ 

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले भन्सार विन्दुलाई पूर्णरुपमा आधुनिक बनाउने र राजस्वलाई पूर्ण पारदर्शी बनाउनेतर्फ विशेष योजनाका साथ काम सुरु गर्न निर्देशन दिनुभयो । 

“सरकारको लक्ष्यलाई पूरा गर्न विभाग मातहतका कर्मचारी इमान्दार भएर लाग्नुस, सेवा सुविधा र पेशागत विकास एवम् क्षमता अभिवृद्धि गर्न मन्त्रालय पूर्ण क्षमतामा लाग्छ । छिटो छरितो सेवा दिनुस् । कुनै पनि गुनासो नआउने गरी काम गर्नुस्,” उहाँले भन्नुभयो । मुलुकको आर्थिक अवस्था गम्भीर अवस्थामा रहेको, मूल्यवृद्धि नियन्त्रण गर्नु अर्को चुनौती रहेको भन्दै उहाँले भन्सार विन्दुलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

मुलुकको प्रमुख कार्यभार संविधानको कार्यान्वयन भए पनि आर्थिक विकासलाई पनि सँगैसँगै लैजानुपर्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महराले सकारात्मक कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार