२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘७२ घण्टा बित्दा पनि आउँदैन रिपोर्ट !’

२०७८, ८ जेष्ठ शनिबार ११:२२

अनिल अधिकारी | जेठ ८, काठमाडौँ | हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिपोर्टमा पछिल्लो २४ घण्टाको विवरण भन्दै सार्वजनिक हुने कोरोना संक्रमितहरुको विवरण चार/पाँच दिन अगाडीको समेत हुने गरेको छ । स्वाव लिएको ५ दिनसम्ममा पनि रिपोर्ट नदिएको गुनाशो आएको छ ।

गत वैशाख ३० गते काठमाडौँसँग सिमाना जोडिएको जिल्ला धादिङको ज्वालामुखी गाउँपालिकाका ५२ जनाको परीक्षण गरिएको थियो । अधिकांशलाई संक्रमणको लक्षण भएको कारण परीक्षण गरिएको थियो । वैशाख ३० गते भएको परीक्षणको नतिजा भने ५ दिनपछि (१२० घण्टापछि) मात्र परीक्षणकर्ता तथा स्थानीयले जानकारी पाए । परीक्षण गरिएकाहरुको रिपोर्ट आउन ढिलो हुनुमा कोरोना परीक्षणको चापलाई कारण बताइएको छ ।

वैशाख ३० गते स्वाव लिएर नुवाकोटमा रिपोर्टको लागि पठाउँदा त्यहाँ नहुने भएपछि धुलिखेलसम्म पुर्याउनु परेको कारण रिपोर्ट पाउन ५ दिन लागेको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताएका थिए । वैशाख ३० गते लिईएको स्वावको रिपोर्ट पाँचदिन पछि जेठ ४ गते आउँदा परीक्षण गरिएकाहरु मध्ये ३८ जना (७३ प्रतिशत)लाई कोरोना संक्रमित भएको रिपोर्ट आएको थियो । जसको कारण रिपोर्ट आएको भोली पल्टै (जेठ ५ गते) गाउँपालिकाका ७ वटै वडाका २४१ जना स्थानीयको स्वाव संकलन गरियो । जसको रिपोर्ट आउन अहिले पनि ढिलाई भईरहेको छ । जेठ ५ गते स्वाव परीक्षण गराएर पठाइएकोमा हालसम्म ५८ जनाको मात्र रिपोर्ट प्राप्त भएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार पछिलो पटक रिपोर्ट प्राप्त भएकाहरु मध्ये पनि झन्डै ६० प्रतिशत संक्रमित देखिएका छन् ।  


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २४१ जनाको स्वाब पठाइएकोमा तीन दिन पछि मात्र रिपोर्ट आउन सुरु गर्नुले परीक्षणमा भएको ढिलाईको कारण पनि संक्रमितहरुको पहिचान, सावधानी र उपचारमा समेत प्रभाव पर्ने देखिएको छ । यो समस्या देशव्यापी हो कि सम्बन्धित पालिकाको मात्र भन्ने प्रश्न उब्जिएको छ । उपत्यकाबाट ९५ किलोमिटरको मात्र दुरीमा रहेको स्थानीय तहमै परीक्षण गरिएकाहरुको रिपोर्ट आउन ७२ घण्टा भन्दा बढी समय लाग्नुले देशका अन्य दुरदराजका पहाडी तथा हिमाली जिल्लाहरुको हालत के होला सहजै अनुमान लगाउन सकिन्छ । 

पछिल्लो समय देशप्राय निषेधाज्ञाले ठप्प हुँदै गर्दा सावधानीको लागि सहर-बजारमा केहि प्रभाव देखिएपनि गाउँघरमा कोरोना संक्रमणले भित्रभित्रै आकार बढाएको तथ्यांकहरुले देखाएका छन् । स्थानीय स्तरमा कोरोना संक्रमणको असावधानीको कारण संक्रमण फैलिरहेको रिपोर्टहरुले जनाएको छ । समयमै संक्रमितहरु पहिचान नहुँदा निषेधाज्ञा लगाएको तीन साता बितिसक्दा पनि संक्रमितको संख्या घट्न नसकेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा