Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पछिल्लो २४ घण्टामा ८९८० संक्रमित, कहाँ कति संक्रमित थपिए ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ ८, काठमाडौं । पछिल्लो २४ घण्टामा ८९८० कोरोना संक्रामित थपिएका छन् । यस्तै ८८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा निको हुने संक्रमितको संख्या आज हालसम्मकै बढी हो । शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए ।

मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ ।

कहाँ कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ हजार १०४, प्रदेश २ मा ५७४, बागमती प्रदेशमा ३ हजार ८७३, गण्डकीमा ३६९, लुम्बिनीमा १ हजार ३२, कर्णालीमा ६१६ र सुदूरपश्चिम प्रदेशमा १ हजार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कैलालीमा ६६१, काभ्रेमा ५२५, सुर्खेतमा ३५३, झापामा ३४४, मोरङमा ३२५, रुपन्देहीमा २५५ तथा मकवानपुर १८७ जना संक्रमित थपिएका छन् ।

यस्तै बाँकेमा १७९, धादिङमा १७३, कास्कीमा १६६, सिन्धुपाल्चोकमा १६५, बारामा १६२, सुनसरीमा १६०, चितवनमा १५५, कञ्चनपुरमा १४८, नुवाकोटमा १४२, सल्यानमा १४०, सप्तरीमा ११२, दाङमा १०९, पाल्पामा १०७, धनुषामा १०२ र सिन्धुलीमा १०१ जनामा संक्रमण देखिएको छ ।

अछाममा ८६, गुल्मीमा ८४, रोल्पामा ८१, रामेछापमा ८३, नवलपरासी पश्चिममा ७८, पर्सामा ७७, दैलेखमा ७२, तनुहँमा ५९, गोरखामा ५६, संखुवासभामा ५५ तथा दार्चुलामा ५४, कपिलवस्तु र बर्दियामा ५२/५२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।