साउन २८, काठमाडौं | प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, काठमाडौं | प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भ"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

युवतीको निहुँमा प्रहरी मुख्यालयमै यस्तो रमिता देखियो

२८ श्रावण २०७३, शुक्रबार ०१:२७

साउन २८, काठमाडौं | प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाभन चल्दै थियो । बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन् एक युवती एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै हात हालहालमा परिणत भयो । बर्दीधारीमाथि बिनाबर्दीका युवकले हेल्मेट प्रहार गरे । 

हत्तपत्त प्रहरी प्रधान कार्यालयको सुरक्षामा  खटिएका प्रहरी दौड्दै गए र पोसाकधारी प्रहरीको बचाउ गरे । प्रहार गर्ने युवतीलाई नियन्त्रणमा लिए । साढे तीन बजेको घटना हो यो नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयको मूल गेटनजिक महानगरीय प्रहरीअन्तर्गतको क्वीक रेसपोन्स भ्यान सिआरभी को सेतो जिप रोकिएको छ । एक हुल प्रहरी यताउता गरिरहेका छन् ।  

‘यो…. ले बर्दीको प्रहरी कुट्ने यसलाई भित्र हाल,’ प्रहरीकै भीडमा सादा पोसाकधारीले ‘जिब्रोको गरिमा प्रकट गरिहाले । कालो  टिसर्ट र ट्राउजर लगाएका, हातमा हेल्मेट बोकेका र कपाल मसिनो काटेका ती हट्टाकटट्टा युवकलाई दुई प्रहरीले समातेका थिए । उनलाई पछ्याउँदै थिइन् युवती । 

प्रहरीको विशेष कार्यदलको पोसाक लगाएका कुटिने प्रहरी पनि सिआरभीमै बसाइए । १५ मिनेटजति प्रहरीका  विभिन्न युनिटमा जानकारी दिने काम भयो ।  प्रहरी प्रधान कार्यलयमा आएका पाहुना त्यसै रनभुल्लमा परे । धेरै प्रहरी मुख्यालयमा रहेको त्यो रमिता हेरेर मनोरञ्जन लिइरहेको थिए । – नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार