साउन २८, काठमाडौं | प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, काठमाडौं | प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भ"/>
२०८३, ११ जेष्ठ सोमबार
काठमाडौँ - KTM

युवतीको निहुँमा प्रहरी मुख्यालयमै यस्तो रमिता देखियो

२०७३, २८ श्रावण शुक्रबार ०१:२७

साउन २८, काठमाडौं | प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाभन चल्दै थियो । बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन् एक युवती एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै हात हालहालमा परिणत भयो । बर्दीधारीमाथि बिनाबर्दीका युवकले हेल्मेट प्रहार गरे । 

हत्तपत्त प्रहरी प्रधान कार्यालयको सुरक्षामा  खटिएका प्रहरी दौड्दै गए र पोसाकधारी प्रहरीको बचाउ गरे । प्रहार गर्ने युवतीलाई नियन्त्रणमा लिए । साढे तीन बजेको घटना हो यो नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयको मूल गेटनजिक महानगरीय प्रहरीअन्तर्गतको क्वीक रेसपोन्स भ्यान सिआरभी को सेतो जिप रोकिएको छ । एक हुल प्रहरी यताउता गरिरहेका छन् ।  

‘यो…. ले बर्दीको प्रहरी कुट्ने यसलाई भित्र हाल,’ प्रहरीकै भीडमा सादा पोसाकधारीले ‘जिब्रोको गरिमा प्रकट गरिहाले । कालो  टिसर्ट र ट्राउजर लगाएका, हातमा हेल्मेट बोकेका र कपाल मसिनो काटेका ती हट्टाकटट्टा युवकलाई दुई प्रहरीले समातेका थिए । उनलाई पछ्याउँदै थिइन् युवती । 

प्रहरीको विशेष कार्यदलको पोसाक लगाएका कुटिने प्रहरी पनि सिआरभीमै बसाइए । १५ मिनेटजति प्रहरीका  विभिन्न युनिटमा जानकारी दिने काम भयो ।  प्रहरी प्रधान कार्यलयमा आएका पाहुना त्यसै रनभुल्लमा परे । धेरै प्रहरी मुख्यालयमा रहेको त्यो रमिता हेरेर मनोरञ्जन लिइरहेको थिए । – नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी