२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्राण्डीले घरघरमा पुगेर पिसिआर परीक्षण गर्ने

२०७८, १८ जेष्ठ मंगलवार १५:५२

जेठ १८, काठमाडौँ (रासस) । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले  घरघरमा पिसिआर परीक्षण गर्ने भएको छ । नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ ।पछिल्लो समय अस्पतालले घरघरमा पुगेर बिरामीको स्वाव सङ्कलन गर्न लागेको हो । 

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले बिहान ८ बजेदेखि १० बजेसम्म बिरामीका घरघरमा पुगेर स्वाँव सङ्कलन गर्न लागिएको राससलाई जानकारी दिनुभयो । “गत बुधबारदेखि पिसिआर परीक्षण ल्याव सञ्चालनमा आएसँगै बिरामीको सहजताका लागि घरघरमा पुगेर स्वाँव सङ्कलन गर्न लागेको हौँ”– उहाँले भन्नुभयो ।

स्वाँव सङ्कलनको रकम अनलाइनमार्फत भुक्तानी गर्नमिल्ने व्यवस्थासमेत अस्पतालले गरेको छ । पिसिआर परीक्षणको रिपोर्ट भने इमेलमार्फत सम्बन्धित व्यक्तिमा पु¥याउने व्यवस्था मिलाइएको जनाइएको छ । 

अस्पतालले पिसिआर परीक्षणका लागि रु एक हजार ५०० शुल्क तोकेको छ । यस्तै, बिरामीको घरमा पुगेर स्वाँव लिएमा सेवा बापत  थप रु ५०० लाग्नेछ ।  सरकारले रु दुई हजारसम्म पिसिआर परीक्षणका लागि शुल्क तोकेपनि अस्पतालले सरकारले तोकेको दरभन्दा कम शुल्कमा परीक्षण गर्न लागेको हो ।

सहुलियत दरमा पिसिआर परिक्षण सेवा यही जेठ ३१ गतेसम्म प्रदान गर्ने र  अस्पतालमा पिसिआर  आइतबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म हुने जनाइएको छ । 

‘थर्मफिसर क्वान्ट स्टुडियो फाइभ’ नामक अत्याधुनिक मेसिनबाट एक पटकमा ९६ को स्वाव परीक्षण गर्न मिल्नेछ । परीक्षण प्रयोगशाला जडानसँगै अब बिरामी, अस्पतालका डाक्टर तथा कर्मचारी पिसिआर परीक्षणका लागि अन्य अस्पताल तथा स्वास्थ्य संस्था जानुनपर्ने भएको छ ।

स्वाँव सङ्कलन गरेको ५ देखि ६ घण्टाभित्र बिरामीको रिपोर्ट आइसक्ने अस्पतालले जनाएको छ । उक्त प्रयोगशालामा कोभिड बाहेक अन्य भाइरसको समेत परीक्षण गर्न मिल्नेछ । आगामी दिनमा बिरामीको चापअनुसार पिसिआर परीक्षण सेवा विस्तार गर्दै लैजाने सो अस्पतालले जनाएको छ । विस २०६९ सालमा स्थापना भएको ग्राण्डीमा २०० भन्दा बढी श्ययामार्फत बिरामीको उपचार हुँदै आएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा