Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बन्ने भयो नेपालको पहिलो यानसेतु विमानस्थल

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २१, काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिलो यानसेतु (एरोब्रिज) विमानस्थल बन्ने भएको छ ।

यानसेतु अर्थात्  एरोब्रिज  भनेको  टर्मिनल  भवनको  प्रस्थान  कक्षबाट  सीधै  जहाजभित्र प्रवेश गर्न मिल्नेगरी बनाइएको एक किसिमको यान्त्रिक आकाशे पुल हो ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको नयाँ  बन्ने  टर्मिनल  भवन  छ वटा  यानसेतु  रहने  गरी  डिजाइन  भएको  छ ।

डिजाइनको काम भारतीय परामर्शदाताले गरिरहेको छ । आर्थिक  वर्ष  २०७८/७९  को  बजेटमा  नयाँ  टर्मिनल  भवनका  लागि सरकारले  पर्याप्त  बजेट  विनियोजन  गरेपछि  दोस्रो  टर्मिनल  भवनका  लागि बोलपत्र  आह्वानको  तयारी  अगाडि  बढाइएको  छ । सरकारले  बजेटमा गौतमबुद्ध विमानस्थलका लागि तीन अर्ब ५४ करोड रुपियाँ विनियोजन गरेको छ ।

विमानस्थलका  लागि  पर्याप्त  बजेट  छुट्टिएकाले  अब  छिट्टै  बोलपत्र आह्वान गरिने विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।