२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिरामीले निःशुल्क उपचारदेखि खानासम्म पाउने

२०७८, २७ जेष्ठ बिहीबार १५:५६

जेठ २७, काठमाडौँ (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचार लागि पाउने सेवाको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको निःशुल्क सेवा विवरणमा सङ्क्रमितको उपचारदेखि खानासम्म निःशुल्क अस्पतालले सेवा दिनुपर्ने उल्लेख गरिएको छ ।

मन्त्रालयले ८३ वटा सरकारी, निजी, सामुदायिक र सहकारी अस्पतात सङ्क्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कतिपय अस्पतालले सङ्क्रमितको उपचारमा शुल्क लिएको पाइएकाले निःशुल्क उपचार सहितको सेवा पाउने विवरण सार्वजनिक गरेको बताउनुभयो ।

उहाँका अनुसार सङ्क्रमितको निःशुल्क उपचारसँगै सामान्य ११ प्रकारका रगत परीक्षण, छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधीहरू, बिरामीका शय्या शुल्क र खाजाखानासहित चार छाक अस्पतालले निःशुल्क उपलब्ध गराउनुपर्ने हुन्छ ।

यस्तै आइसियुमा रहेका बाहेकको बिरामीमा पिसीआर, रेम्डेसिभर, प्लाज्माथेरापी, सिटी स्क्यान र हायर एन्टिवायोटिक्सको भने बिरामीले शुल्क तिर्नुपर्ने हुन्छ । मन्त्रालयले उल्लेख गरिएका विवरण बिरामीले नपाएको खण्डमा कुनै पनि अस्पताललाई शोधभर्ना उपलब्ध नगराउने, निःशुल्क कोभिड–१९ को सेवा प्रवाह गर्ने अस्पतालको सूचीबाट हटाइने, अस्पतालको दर्ता खारेज गर्ने तथा प्रचलित कानूनअनुसार अस्पताललाई कारवाही गर्ने प्रवक्ता डा पौडेलले जानकारी दिनुभयो ।

सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचार व्यवस्थापनका लागि  सामान्य बिरामीलाई रु तीन हजार ५०० प्रतिदिन, मध्यम बिरामीका लागि रु सात हजार प्रतिदिन र गम्भीर प्रकृतिका बिरामीलाई रु १५ हजार  प्रतिदिन तोकेको छ ।

सोहीअनुसार सङ्क्रमितको उपचार गर्ने अस्पताललाई मन्त्रालयले सोध भर्ना दिने गरेको छ । सरकारले तोकेको भन्दा बढी शुल्क लिने अस्पतालाई कारवाही गर्ने बताएको तर मन्त्रालयले कुनै बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थप शुल्क लिन सक्ने जनाएको छ । नेपालमा अहिलेसम्म छ लाख एक हजार ६८७ जना सङ्क्रमित, पाँच लाख १५ हजार ५९१ निको र आठ हजार २३८ को सङ्क्रमणको कारणले निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा