२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी आयो मेलम्चीमा यत्रो बाढी ? बाढीको क्रममा मेलम्चीमा जे देखिए (२४ तस्वीर/भिडियो सहित)

२०७८, ३ असार बिहीबार ०४:२९

असार ३, काठमाडौँ | अविरल वर्षा परेका कारण मंगलबार हेलम्बु गाउँपालिकाको मेलम्चीघ्याङभन्दा माथिल्लो पहाडी भाग नामासाङ भास्सिएर मेलम्ची नदीको मुहान क्षेत्रमा खसेपछि नदी थुनियो । त्यसको केहि समयपछि थुनिएको मेलम्ची खुल्दै जाँदा अप्रत्यासित रुपमा नदीको बहाव बढ्दै गयो र बाढीले विध्वंस मच्चाउदै आएको थियो । यसैको चपेटामा नदि किनाराका अधिकांश घरहरु परेका हुन् । 

भिडियो हेर्नुहोस् 


बाढीले हेलम्बु नाकोतेको नवनिर्मित पुल बगायो । त्यसबेलासम्म अविरल वर्षा रोकिएको थिएन, जसको कारण झनै बहाब बढिरहेको थियो । बाढीबाट माटो, ढुंगा, मुढाहरु र नदि किनाराका संरचना बग्दै आए । नदीका छेउछाउमा भएका केहि पनि कुरा बाँकी नराखी बाढी आउने क्रममा हेलम्बुका आधा दर्जन गाउँ समेत कति बगे, कति पुरिए । 


यसरी बाढी आउंदैछ भन्ने थाहा पाएपछि मेलम्ची आसपासका जनतालाई हेलाम्बुबाट पुर्व जानकारी भएपछि आधाघण्टाभीत्रै मेलम्ची ११ का नदि छेउछाउका बजार साइडका मानिसहरु सुरक्षित स्थानतिर सर्न भ्याए । ठूलो संख्यामा रहेका उनिहरु रातभरी मेलम्ची बजार माथिको डाँडाबाट बितण्डा हेर्दै बसे । 


बाढीबाट पिडित बनेका मेलम्चीका जनताले यसखाले बितण्डा सपनामा पनि सोचेका थिएनन् । बगाउदै ल्याएको लेदोसहितको बाढीले हेर्दाहेर्दै आधादर्जन पुल र नदि छेउछाउका सबैकुरालाई पुर्दै र बगाउदै ल्याएपछि बाढी मेलम्ची बजारतिर छिर्यो । रातभरी बाढीको बितण्डा हेरिरहेका एक स्थानीय भन्छन् 'यसरी झन्डै एक सय मिटर अग्लो स्थानमा समेत बाढी आईपुग्छ भन्ने अप्रत्यासित कुरा थियो । बाबुबाजेको पालादेखि यस्तो बितण्डा देखिएको थिएन । प्रकृतिसँग कसैको केहि लाग्दो रहेनछ ।' 


हेलम्बु क्षेत्रमा बाढीको प्रभाव देखिरहेका स्थानीयहरुले मेलम्ची बजारमा हुनसक्ने क्षेतीको आधा घण्टा अघिनै आंकलन गरेका थिए । त्यसैले फोनमार्फत एकाएक मेलम्ची बजार बासिले सूचना पाएका थिए । यस विषयमा एक स्थानीय भन्छन् 'जे गर्यो यो फोनले गर्यो । फोनको जमाना थिएन भने सयौंको ज्यान जाने थियो ।' मेलम्ची बजारमा ठूलो मानवीय क्षेती नहुनुमा पुर्व सूचनानै एकमात्र कारण बन्यो । अन्यथा जत्रो झरीमा पनि मेलम्ची बासीले यस्तो बितण्डाको कल्पना गरेका थिएनन् । 


मेलम्चीको बाढीबाट हेलम्बुदेखि मेलम्चीसम्म झन्डै डेढ सय घर डुबानमा परेका छन् । मेलम्ची क्षेत्रका ८ वटा रिसोर्ट, दुई मोटरेबल पुल र आधा दर्जन झोलुंगे पुल बाढीले बगाएका छन् । मेलम्ची बजारबाट धेरै तल रहेको नदिको बगर अब बजारकै तहमा उठेको छ । अधिकांश घरहरू पानीमा डुबेका छन् । 


तश्वीरहरु: अनिल अधिकारी/काठमाडौँ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?