Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पछिल्लो २४ घण्टा १० हजार ९५६ परीक्षण गर्दा २४४२ संक्रमित थपिए

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ६, काठमाडौँ | पछिल्लो २४ घण्टामा १० हजार ९५६ जनाको कोरोना परीक्षण गर्दा २४४२ जना संक्रमित थपिएका छन् । यस्तै ५१ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार पछिल्लो २४ घण्टामा थप ३४५६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६७७ पीसीआर र ४ हजार २४९ जनाको एन्टीजेन गरि जम्मा १० हजार ९५६ परीक्षण भएको थियो ।

मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार हाल संक्रमणदर २१.३ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा ६ लाख ४७ हजार ६५१ जनालाई संक्रमण पुष्टि भएकोमा ५ लाख ५६ हजार ७९८ जना निको भएका छन् भने ८ हजार ७२६ जनाको मृत्यु भएको छ । त्यस्तै ५५ हजार ५३२ जना सक्रिय संक्रमित छन् ।