२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिल्लीमा २४ घण्टामा १२४ कोभिड सङ्क्रमित

२०७८, ६ असार आईतवार १३:५०

असार ६, नयाँ दिल्ली, (रासस/एएनआई) । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घटेसँगै राजधानी नयाँ दिल्लीमा पनि सङ्क्रमितको सङ्ख्यामा उच्च गिरावट देखिएको छ । 

दिल्लीमा विगत २४ घण्टाको अन्तरालमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या १२४ म ाझरेको छ । दिल्लीमा सङ्क्रमण दर ०.१७ मा झरेको राज्य सरकारको स्वास्थ्य बुलेटिनमा उल्लेख छ । 

संघीय राजधानीमा सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ९८.११ प्रतिशत कायम भएको छ । यो फेब्रुअरी २१ पछि निको हुनेको उच्च दर हो ।

दिल्लीमा हालसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १४ लाख ३२ हजार २९२ रहेको छ भने अहिलेसम्मको कूल सङ्क्रमित दर ६.८९ प्रतिशत रहेको छ । यहाँ २४ हजार ९१४ सङ्क्रमितको मृत्यु भएको छ जुन १.७४ प्रतिशत हो । 

पछिल्लो २४ घण्टाको अवधिमा दिल्लीमा सात कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । दिल्लीमा अहिलेसम्म १४ लाख पाँच हजार २८७ जना सङ्क्रमणपछि निको भएका छन् । 

राज्य स्वास्थ्य बुलेटिन अनुसार राष्ट्रिय राजधानीमा ६५ लाख मानिसले कोभिड–१९विरूद्धको एउटा खोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं