२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभिन्न जिल्लामा आठ जना मृत फेला

२०७८, १९ असार शनिबार १५:४२

असार १९, काठमाडौँ | प्रहरी प्रधान कार्यालयका अनुसार आज मुलुकका विभिन्न जिल्लामा आठ जना मृत फेला परेका छन् । केहीको सनाखत भएको र केहीको पहिचान खुल्न सकेको छैन । झापा, भद्रपुर नगरपालिका–९ मा ६५ वर्षीय धनसिंह राजवंशी सोही ठाउँस्थित माछा पोखरीमा डुबेरको अबस्थामा फेला परेका छन् । घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला थियो । 

यस्तै पर्सा, छिपहरमाई गाउँपालिका–३ सानो जयमङ्गलाका ५० वर्षीय किशोरी साह कानु आफ्नै घरको भूईँमा मृत फेला परेको प्रहरीले जनाएको छ । ईलाम, चुलाचुली गाउँपालिका–२ बस्ने ३१ वर्षीय दिनेश आचार्य घर नजिकै पानी जमेको खेतमा मृत फेला परेका छन् ।

अर्घाखाँची, मालारानी गाउँपालिका–४ खलारा बस्ने ८८ वर्षीय चन्द्रबहादुर खत्री सोही ठाउँस्थित सामुदायिक वनमा मृत भेटिएका छन् । पाँचथर, मिक्लाजुङ गाउँपालिका–५बस्ने ५० वर्षीय मिलन राई आफ्नै घरमा र तेह्रथुम, म्याङ्लुङ नगरपालिका–८ कोबेकस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका एक पुरुष मृत भेटिएका हुन् ।

यस्तै चितवन, रत्ननगर नगरपालिका–७ स्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष र भरतपुर महानगरपालिका–२ पुल्चोकस्थित सडक छेउमा पहिचान नखुलेकी एक महिला मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । उता महोत्तरी, जलेश्वर नगरपालिका–९ प्रकौली नजिक नालामा अर्का एक पूरुष पनि मृत भेटिएका छन् । सबै घटनाका विषयमा सम्बन्धीत क्षेत्रका प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल