Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माओवादीमा स्वकीय सचिव छान्न महाभारत

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३०, काठमाडौं । मन्त्री बन्नका लागि पार्टीभित्र विवाद होइन । मन्त्री बन्नका लागि सांसदहरुले सबै शक्ति प्रयोग गर्ने गर्छन् । मन्त्री बन्न हरेक पार्टीमा हानथाप नै हुने गरेको छ ।

यतिसम्म कि मन्त्री नपाउँदा केहीले पार्टी नै परित्यागसमेत गर्ने गरेका छन् । पार्टीले मन्त्री छनोट गर्दा योग्यता, क्षमता, दक्षता, पार्टीलाई दिएको योगदानलाई आधार बनाउँदै आएको बताउने गरेका छन् ।

माओवादीबाट मन्त्री बन्नेहरुलाई अहिले सचिवालयमा नियुत्तः गर्ने व्यत्तिः छनोट गर्न महाभारत भएको छ ।

माओवादी नेतृत्वको सरकारले पार्टीको तर्फबाट ८ मन्त्रालय पाएको छ । माओवादीको तर्फबाट एक जना उपप्रधानमन्त्री र दुई जना मन्त्री नियुक्त भइसकेका छन् ।

पार्टीभित्रका जनवर्गीय संगठनका नेताहरुले सचिवालयमा आफू निकटका व्यक्तिहरुलाई राख्न दबाब दिने गरेका छन् । मन्त्रीहरुले बढीमा मन्त्रालयमा आठ जनासम्मलाई नियुत्तः गर्न पाउने प्रावधान रहेको छ । -नेपाल समाचारपत्र दैनिक