Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अन्ततः विजय गच्छदारलाई दुई मन्त्रालय दिने सहमति

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३०, काठमाडौं । मधेसी मोर्चा गठबन्धनले तत्काल आफूहरु सरकारमा नजाने बताउँदै आएको छ । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई भने दुई मन्त्रालय दिन कांग्रेस–माओवादी सहमत छन् ।

लोकतान्त्रिकले उपप्रधानमन्त्रीको समेत माग गरेको छ । तर, सत्तासाझेदार दुई दल उपप्रधानमन्त्री नदिने रणनीतिमा छन् ।

साना दलका तर्फबाट आफूलाई मन्त्री बनाउन बहुजन शत्तिः पार्टीका नेता विश्वेन्द्र पासवानले प्रधानमन्त्रीसँग आग्रह गरिसकेका छन् ।

तर, साना दलका तर्फबाट कुन–कुन दललाई सरकारमा लिने भन्नेमा कांग्रेस–माओवादी सहमतिमा पुगिसकेका छैनन् । जसले गर्दा अब विस्तार हुने मनत्रीपरिषद्मा साना दलका मन्त्रीहरु नपर्ने बालुवाटार स्रोतले बतायो । -नयाँ पत्रिका दैनिक