Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अवैध रुपमा प्रयोगमा आएको मोबाइल पहिचान गर्न सुरु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २७, काठमाडौं । कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल  दूरसञ्चार सेवामा प्रयोग  गर्न  नमिल्ने  बनाउने  तयारी  अन्तिम चरणमा  पुगेको  छ ।

नेपाल दूरसञ्चार  प्राधिकरणले  यसका  लागि सफ्टवेयर जडान  गरिसकेको  छ । साउन १ देखि  प्रारम्भिक  रूपमै  भए  पनि यसरी अवैध प्रयोगका मोबाइल पहिचान गर्ने काम सुरु गरिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

करिब पाँच वर्षको  प्रयत्नपछि मोबाइल  संयन्त्र  व्यवस्थापन  प्रणाली  (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को परीक्षणको प्रयोगमा प्राधिकरण  जुटेको  छ । यद्यपि यसका लागि आवश्यक  हार्डवेयर नेपाल आइनसकेकाले  यसको  पूर्ण  कार्यान्वयन  भने  अझै  केही  महिना  हुने छैन ।

प्राधिकरणका  अनुसार  साउन  १  पछि  हाल  जडान  गरिएको  एमडीएमएसको सफ्टवेयरले  नेपालमा  अहिलेसम्म  प्रयोग भइरहेका  वैध  र  अवैध  मोबाइल चिन्नेछ ।

सफ्टवेयरले वैध मोबाइललाई   श्वेत   सूची (ह्वाइट  लिस्ट)  र  अवैधलाई  कालोसूची  (ब्ल्याक लिस्ट)मा राख्नेछ ।

साउन १ अघि प्रयोगमा रहेका र कालोसूचीमा परेका मोबाइललाई भने ह्वाइट  लिस्टमा  रूपान्तरण  गरिने  अध्यक्ष  खनालले  जानकारी  दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।