२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४० खर्ब

२०७८, २९ असार मंगलवार १२:०४

असार २९, काठमाडौँ (रासस) । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३४ बिन्दुले उकालो लागेर दुई हजार ८७१.०३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७४ बिन्दुले उकालो लागेर ५३९.५१ मा पुगेको छ ।

कूल २२३ कम्पनीको एक करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर रु पाँच अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब ९३ अर्ब ७५ करोड ९४ लाख ५० हजार बराबर पुगेको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज जीवन बीमा उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसूहको शेयर ६६.१९ बिन्दुले घट्दा अन्य १२ उपसमूहको शेयर भने उकालो लागेको छ ।

बैंकिङ १४.२४, व्यापार ८.४१, होटल तथा पर्यटन १९.२९, विकास बैंक ७०.३३, जलविद्युत् १३.९१, वित्त ९३.७८, निर्जीवन बीमा १४.४, उत्पादन ५.०९, अन्य ८.११, लघुवित्त ३३.९३, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.४ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४५ करोड ४७ लाख ४७ हजार १८८ बराबरको कारोवार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स रु २३ करोड ३५ लाख ३३ हजार २६८, एनआइसी एशिया बैंक रु १९ करोड ९५ लाख १९ हजार ८९१, निर्धन उत्थान लघुवित्त रु १९ करोड ९० लाख ६१ हजार ९८० र नबिल बैंक रु १८ करोड ३० लाख ९० हजार ६९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स ६.९८, समृद्धि फाइनान्स ६.७९, मञ्जुश्री फाइनान्स ६.६६, प्रागेसिभ फाइनान्स ६.५९ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ६.५२ प्रतिशतले कमाए ।

यसैगरी, सानिमा लार्ज क्याप फण्ड ३.०८, सिइडिबी हाइड्रोपावर १.६१, इन्फिनिटी लघुवित्त १.३४, ग्लोबल आइएमई समुन्नत स्किम एक १.२६ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १.१२ प्रतिशतले गुमाए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ