२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४० खर्ब

२९ असार २०७८, मंगलवार १२:०४

असार २९, काठमाडौँ (रासस) । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३४ बिन्दुले उकालो लागेर दुई हजार ८७१.०३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७४ बिन्दुले उकालो लागेर ५३९.५१ मा पुगेको छ ।

कूल २२३ कम्पनीको एक करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर रु पाँच अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब ९३ अर्ब ७५ करोड ९४ लाख ५० हजार बराबर पुगेको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज जीवन बीमा उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसूहको शेयर ६६.१९ बिन्दुले घट्दा अन्य १२ उपसमूहको शेयर भने उकालो लागेको छ ।

बैंकिङ १४.२४, व्यापार ८.४१, होटल तथा पर्यटन १९.२९, विकास बैंक ७०.३३, जलविद्युत् १३.९१, वित्त ९३.७८, निर्जीवन बीमा १४.४, उत्पादन ५.०९, अन्य ८.११, लघुवित्त ३३.९३, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.४ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज नेपाल बङ्गलादेश बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४५ करोड ४७ लाख ४७ हजार १८८ बराबरको कारोवार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स रु २३ करोड ३५ लाख ३३ हजार २६८, एनआइसी एशिया बैंक रु १९ करोड ९५ लाख १९ हजार ८९१, निर्धन उत्थान लघुवित्त रु १९ करोड ९० लाख ६१ हजार ९८० र नबिल बैंक रु १८ करोड ३० लाख ९० हजार ६९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सेन्ट्रल फाइनान्स ६.९८, समृद्धि फाइनान्स ६.७९, मञ्जुश्री फाइनान्स ६.६६, प्रागेसिभ फाइनान्स ६.५९ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ६.५२ प्रतिशतले कमाए ।

यसैगरी, सानिमा लार्ज क्याप फण्ड ३.०८, सिइडिबी हाइड्रोपावर १.६१, इन्फिनिटी लघुवित्त १.३४, ग्लोबल आइएमई समुन्नत स्किम एक १.२६ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १.१२ प्रतिशतले गुमाए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले