२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा संक्रमण बढ्न थालेपछि उच्च सतर्कता अपनाउन थालियो

२०७८, ७ श्रावण बिहीबार ०२:३०

साउन ७, काठमाडौं । राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ । महानगरले तेस्रो लहरको संक्रमण आउन सक्ने खतरा बढेपछि उच्च सतर्कता बढाउन थालेको हो ।

विश्व स्वास्थ्य संगठनले तेस्रो लहरले बालबालिकालाई संक्रमित गराउने चेतावनी दिइरहेका बेला पछिल्लो समय उपत्यकाका अधिकांश अस्पतालमा कोभिडको लक्षण देखिने बालबालिकाको संख्या बढिरहेको छ ।

तेस्रो चरणको संक्रमण आउन सक्ने आँकलन गर्दै कामपाले महानगर क्षेत्रका तीन आइसोलेसन सेन्टरलाई थप स्वाथ्य सामग्रीसहित व्यवस्थित गर्न शुरू गरेको छ । कामपा शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कँवरले महानगरले व्यवस्थापन गरेको सामाखुसीको राधास्वामी, क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी अस्पतालमा रहेको आइसोलेसन सेन्टरलाई व्यवस्थित गर्न शुरू गरेको जानकारी दिए ।

कामपाले नरदेवी आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टर बन्द गरिसकेको थियो तर संख्या ह्वात्तै बढेपछि फेरि खुला गर्ने योजना बनाएको छ । तथ्यांकअनुसार मंगलबार राजधानीमा झन्डै ४ सयको हाराहारीमा संक्रमित बढेको छ ।

उक्त दिन उपत्यकामा करिब ७ सय संक्रमित फेला परेको थियो । संक्रमणको दर बढेपछि थप योजना तयार गर्न थालेको जानकारी गराउँदै कुँवरले भने– ‘काठमाडौंमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी सबै तयारी थालेका छौ ।’ महानगरले लक्षण देखिएको वडा र क्षेत्रमा पुगेर तत्काल पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइसकेको जनाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह