साउन ३१, काठमाडौं | नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको विरोधका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौं | नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको विरोधका "/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

पौडेललाई पेलेरै जाने देउवाको तयारी

३१ श्रावण २०७३, सोमबार ०२:००

साउन ३१, काठमाडौं | नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको विरोधका बाबजुद संस्थापन पक्षले पेलेरै नेविसंघको निर्वाचन गराउने तयारी गरेको छ। 

टिका लगाएर नेतृत्व चयन गर्ने प्रथा अन्त्य गर्न जसरी पनि निर्वाचन गराउन सभापति शेरबहादुर देउवाले निर्देशक समितिलार्य निर्देशन दिएको स्रातको दाबी छ। सोही अनुसार केन्द्रीय निर्वाचन समितिले निर्वाचनको कार्यतालिकासमेत प्रकाशित गरेको छ।  

तर, पौडेल पक्षधर विद्यार्थीहरुले भने महाधिवेशन प्रतिनिधि चयन गर्दा आफूखुसी तीन सयभन्दा बढी फर्जी प्रतिनिधि थपिएको भन्दै फर्जी प्रतिनिधि खारेज नभएसम्म चुनावमा भाग नलिने बताएका छन्। यता, निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतले आइतबार पत्रकार सम्मेलन गरी मंगलबार जसरी पनि निर्वाचन हुने जानकारी दिएका छन्। 

महतले विवादित जिल्लाको सहमतिमै प्रतिनिधि छनोट गरिएको बताउँदै भने,‘टिका लगाएर नेविसंघ नेतृत्व चयन गर्ने परम्परा तोड्ने चाहना सभापति देउवाको छ। अहिले महाधिवेशन स्थगन हुने कुरा कसैले पनि सोच्नुहुँदैन। सवैले महाधिवेशन सफल पार्न सहयोग गर्नुपर्छ।’

पार्टी सभापति देउवाले फर्जी प्रतिनिधि चयन गरेर नेविसंघको नेतृत्व कब्जा गर्न खोजेको आरोप पौडेल पक्षले लगाएको छ। पौडेल पक्षधर नेताहरुले पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीमा भेला गराएका थिए। सो भेलामा पौडेल पक्षबाट उम्मेदवारी दिने भनिएका विद्यार्थी नेताहरु सहभागी थिए। – राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे