Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सबै परीक्षा स्थगन गर्न सिफारिस

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>साउन २२, काठमाडौँ&nbsp; (रासस) । कोरोना सङ्क्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ ।&nbsp;</p><p>स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको बताउनुभयो ।&nbsp;</p><p>मन्त्रालयले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।&nbsp; कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि शुरु गर्ने तयारी छ ।&nbsp;</p>