साउन ३१, काठमाडौँ । फ्रान्सेली सरकारले विष्णुमती सपनतीर्थ मुहानदेखि बौद्ध स्तूपसम्म केबलकार निर्माणका लागि इच्छा प्रकट गरेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, काठमाडौँ । फ्रान्सेली सरकारले विष्णुमती सपनतीर्थ मुहानदेखि बौद्ध स्तूपसम्म केबलकार निर्माणका लागि इच्छा प्रकट गरेको "/>
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

सपनतीर्थ-बौद्ध स्तूप केबलकार बनाउन फ्रान्स इच्छुक

२०७३, ३१ श्रावण सोमबार १२:२१

साउन ३१, काठमाडौँ । फ्रान्सेली सरकारले विष्णुमती सपनतीर्थ मुहानदेखि बौद्ध स्तूपसम्म केबलकार निर्माणका लागि इच्छा प्रकट गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग आज फ्रान्सेली राजदूत भेस कारमोनाले मन्त्रालयमा भेटी यस्तो इच्छा प्रकट गरेका हुन् । 

सो मार्गमा केबलकार चलाउने सम्बन्धमा डेढ महिनाअघि फ्रान्सेली सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन गरिएको मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव विष्णुओम वादेले जानकारी दिए । 

नेपाल र फ्रान्सबीच सन् १९५९ देखि दौत्य सम्बन्ध स्थापना भएको हो । मन्त्री लेखकले फ्रान्स सरकारको सहयोगमा विष्णुमतीदेखि बौद्धनाथसम्म केबलकारको सम्भाव्यता अध्ययन भएकामा धन्यवाद दिँदै सोको निर्माण प्रक्रिया अघि बढाउन फ्रान्स सरकारको सहयोगको अपेक्षा गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा