पढ्न करिब 2 मिनेट लाग्छ

साउन ३१, काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्डसामु २१८ रनको चुनौती पेस गरेको छ ।

नेदरल्यान्डको आमस्ट्रडममा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २१७ रनको योगफल तयार ग¥यो ।

नेपालले प्रतियोगिताको सुरुवात भने राम्रो गर्न सकेन । नेपालले २२ रन जोड्दा पहिलो विकेटका रुपमा अनिल मण्डललाई गुमायो । मण्डल चार रन जोड्दै बाहिरिए । त्यस्तै नेपालका अर्का ब्याट्सम्यान शरद भेषावकर पनि छ रन जोड्दै दोस्रो विकेटका रुपमा आउट भए ।

तेस्रो विकेटका रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो । ५२ बल खेलेका मल्ल एक चौका र एक छक्काको मद्वतमा व्यक्तिगत ३९ रन जोड्दै बाहिरिए । त्यतिबेला नेपालले जम्मा ६५ रन जोडेको थियो । तर नेपाली टोलीका कप्तान पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले ।

खेलको १४ दशमलव ४ ओभरमा सरद भेषावकरको ठाउँमा मैदान प्रवेश गरेका कप्तान खड्काले प्रतियोगितामा अर्धशतक बनाए । ९४ बल खेलेका उनले सात चौका र एक छक्काकोे मदतमा ८४ रन जोडेका हुन् । त्यस्तै कप्तान खड्काले सागर पुनसँग ११८ रनको साझेदारी गरे । ७८ बल खेलेका पुनले दुई चौका प्रहार गर्दै ४५ रन जोडे ।

त्यसैगरी विनोद भण्डारीले १७, बसन्त रेग्मीले चार तथा सोमापाल कामीले दुई रन जोडे भने राजु रिजाल रन नजोडी आउट भए । शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्डसँग सात विकेटको विशाल अन्तरले पराजित भएको थियो ।

केहीबेरमा नेदल्यान्डस् जवाफी ब्याटिङमा उत्रदैछ । रासस