साउन ३२, काठमाडौं | चिनियाँ जहाज उडाएर प्रशस्त आम्दानी गर्दै बजार हिस्सा ओगट्ने नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौं | चिनियाँ जहाज उडाएर प्रशस्त आम्दानी गर्दै बजार हिस्सा ओगट्ने नेपा"/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

पाइलटले राजीनामा दिँदा नेपाल बायुसेवा निगमलाई तनाब

२०७३, ३२ श्रावण मंगलवार ०१:५३

साउन ३२, काठमाडौं | चिनियाँ जहाज उडाएर प्रशस्त आम्दानी गर्दै बजार हिस्सा ओगट्ने नेपाल बायुसेवा निगमको सपना कहिल्यै विपनामा परिणत नहुने ताजा घटनाबाट पुष्टि भएको छ। 

निगमसँग रहेको १७ सिट क्षमतायुक्त चिनियाँ जहाज उडाउने एकमात्र प्रशिक्षक पाइलटले अकस्मात राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहक निगम व्यवस्थापन अहिले ‘थाल खाऊँ न भात खाऊँ’को अवस्थामा पुगेको छ। 

झन्डै एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको वाई १२–ई सिरिजको उक्त जहाजलाई लामो प्रयासपछि मर्मत गरी उड्न तयार बनाइएको थियो। त्यसपछि नियमित उडान तालिका सार्वजनिक गरेको निगम व्यवस्थापनका अधिकारीहरु अहिले त्यो जहाजका एकमात्र प्रशिक्षक पाइलट आङनुरी शेर्पाले राजीनामा दिएपछि रनभूल्लमा छन्। नहुन् पनि किन? निगमले अमेरिका पठाएर दुई महिना तालिम दिलाएपछि शेर्पा वाई १२–ई का प्रशिक्षक पाइलटका रुपमा उडान गर्न योग्य भएका थिए।

तर, शेर्पाले नियमित उडान गर्नुअघि नै राजीनामा दिए। अब निगम व्यवस्थापनका लागि उक्त जहाज कसरी उडाउने भन्ने चिन्ताले घर गरेको छ। – नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने