२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बढी यात्रु बोके रुट परमिट र लाइसेन्स खारेज

१ भाद्र २०७३, बुधबार ०१:३३

भदौ १, काठमाडौं | सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीको रुट परमिट र चालकको लाइसेन्स तत्कालै खारेज हुने भएको छ । 

क्षमताभन्दा ज्यादा यात्रु बोकेकै कारण काभ्रेमा सोमबार बस दुर्घटना भएको निष्कर्ष निकाल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी कानुन उल्लंघन गर्ने सबै सार्वजनिक गाडी, तिनका मालिक र चालकलाई कडा कारबाही गर्ने निर्णय गरेको हो ।  

मन्त्रालयले यातायात व्यवसायी, नेपाल प्रहरी र ट्राफिक प्रहरी अधिकृतसहित सरोकारवालसँग मंगलबार बैठक गरी यस्तो निर्णय गरेको हो ।  

बैठकले रिट क्षमताभन्दा बढी यात्रु चढाएको पाए तत्कालै गाडीको रुट परमिट तथा चालकको लाइसेन्स खारेज र अधिकतम दण्ड जरिवाना गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार मालबाहक गाडीले यात्रु र यात्रुबाहकले सामान बोकेको पाइएमा समेत गाडीको रुट परमिट र चालकको अनुमति खारेज गर्ने निर्णयसमेत भएको छ ।

मन्त्रालयले बढ्दो गाडी दुर्घटना रोक्न सवारी कानुनमा भएका कमीकमजोरी हटाउन यातायात व्यवसायी, मजदुरसहित सबै सरोकारवालासित परामर्श गरी १० दिनभित्र ऐनको संशोधनको मस्यौदा तयार पार्ने निर्णय गरेको लेखकले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ