Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाल टेलिकमले गर्‍यो २ कर्मचारीलाई बर्खास्त

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १६ , काठमाडौँ । नेपाल टेलिकमले आफ्ना दुई जना कर्मचारीलाई बर्खास्त गरेको छ। कम्पनीले कर्मचारी विनियमावली उलङ्घन गरेको भन्दै भविष्यमा समेत टेलिकमको सेवाका लागि अयोग्य नहुनेगरी सेवाबाट निष्कासन गरेको हो।

कम्पनीका अनुसार २०५५ सालमा कम्पनीमा कार्यरत अमिता ओझा लामो समयदेखि कार्यालयमा अनुपस्थित रहँदै आएकी थिइन्। त्यस्तै अर्का कर्मचारी सृजना ज्ञवालीको नामबाट राजीनामा पेश भएकोमा हस्ताक्षर सनाखत नभएको उल्लेख गरिएको छ।

कम्पनीले गत वैशाखमा दुवै कर्मचारीको नाममा सूचना प्रकाशित गर्दा समेत सम्पर्कमा नआएको बताइएको छ।‘कम्पनीको कर्मचारी विनियमावली २०७८ को विनियम १२६ (छ) उल्लङ्घन गरेको अभियोगमा सोही विनियमावलीको विनियम १२३ (ख) को ९१० बमोजिम भविष्यमा कम्पनीको सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो।’

कम्पनीका अनुसार अमिता ओझालाई २०७५ चैत २८ देखि र सृजना ज्ञवालीलाई २०७७ साउन ५ देखि लागू हुनेगरि सेवाबाट निष्कासन गरिएको हो। दुवै निष्कासित कर्मचारीलाई यथाशीघ्र सम्पर्क गरी बरबुझारथ गर्न समेत टेलिकमले सूचित गरेको छ।