पढ्न करिब 2 मिनेट लाग्छ

भीम लामा/भदौ १, काठमाडौं । तामाङ सञ्चार समूहद्वारा २२औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ मिडिया अवार्डबाट दुई तामाङ सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

तामाङ समुदायको प्रर्वद्धन र उत्थानका लागि सञ्चार क्षेत्रबाट योगदान पु¥याउँदै आएका दोलखा जिल्ला अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक जिल्ला ब्यूरो सम्पादक अर्जुन पाख्रीन र कार्यक्रम निर्माता तथा प्रस्तोता शक्ति एफ्.एफ्. मकवानपुरकी दुदुमाया सिंतानलाई नगद पच्चिस सय राशी सहित अवार्डबाट सम्मान गरिएको छ ।

सम्मान कार्यक्रमका प्रमुख अतिथिबाट आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठान नेपालका उपाध्यक्ष चन्द्र बहादुर गुरूङले सम्मानित सञ्चारकर्मीलाई बधाई तथा शुभकामना दिदै अव आदिवासी जनजाती समुदायमा पनि सञ्चार क्षेत्रको पहुँचलाई राष्ट्रिय स्तरम पु¥याउन सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक कदम चाल्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै गुरूङले आफ्नो समुदायको विकास र परिवर्तनमा कलम चलाउने र योगदान पु¥याउने व्यक्ति, संस्थालाई प्रोत्साहन गर्नु पर्ने बताउँदै अगामी दिनमा प्रतिस्ठानबाट पनि यस्ता कार्यलाई निरन्तरता दिने र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै आदीवासी जनजाती पत्रकार महासंघका अध्यक्ष डण्डु गुरूङले जनजाती पत्रकारको हक, हित र संरक्षणमा आफु सधै लाग्ने प्रतिबद्धता सहित जनजाती समुदायको कार्यक्रमलाई राष्ट्रिय रूपमै सञ्चालन गर्नु पर्ने बताए ।

वि.सं. २०५१ भदौं १ गतेका दिन रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषाको समाचार प्रसारण भएको थियो । उक्त तामाङ भाषाको समाचार प्रसारणमा पहिलो पटक रमिता तामाङले गरेकी छिन् ।

कार्यक्रमका अन्त्यमा सञ्चार समूहका अध्यक्ष जगत दोङले तामाङ सञ्चार क्षेत्रमा देखिएका चुनौतीलाई चिर्दै अबको नयाँ पिँडीका सञ्चारकर्मीले संस्थागत रूपमा विकास गर्दै तामाङ समुदायलाई सहि सूचना आदान प्रदान गर्ने र जीवनशैलीमा प्रयोग गर्नु पर्ने बताए । सथै तामाङ सञ्चार समूहलाई वृद्धि विकास गर्दै देशभरका तामाङ सञ्चारकर्मी अटाउन सक्ने वातावरण तयार गर्ने उल्लेख गरे ।