असोज २४, काठमाडौं | मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ।
महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो र राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।