पढ्न करिब 2 मिनेट लाग्छ

भदौ २, काठमाडौँ । पछिल्लो समय देशका विभिन्न ठाउँमा फैलिएको स्क्रब टाइफस बिरामीको सङ्ख्या ७८ पुगेको छ ।

समयमै उपचार गरे सामान्य औषधिमै निको हुने स्क्रब टाइफसका कारण तीन जनाको मृत्यु भएको पुष्टि समेत भइसकेको छ । रोगका विषयमा सही जानकारीको अभावका कारण बिरामीले स्वास्थ्य संस्था पुग्न ढिलाइ गर्ने गरेकाले दिनदिनै बिरामीको सङ्ख्या बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । रोगबाट बच्ने उपाय र उपचारका लागि देशका विभिन्न प्रभावित १६ स्थानमा स्क्रब टाइफसका लागि छुट्टै उपचार केन्द्रको स्थापना गरिएको छ ।

“समयमै उपचार पाए सामान्य औषधि तथा एन्टिबायोटिक औषधिको सेवन गर्नासाथ यो रोग निको हुन्छ” महाशाखाका निर्देशक डा भीम आचार्यले भन्नुभयो, “सङ्क्रमित बिरामी रोगले निकै कडा बनाएपछि मात्र स्वास्थ्य संस्था आउने गरेकाले यो रोग निकै कडा लागेको हो, त्यसैले यस रोगका विषयमा पर्याप्त जानकारी दिनका लागि हामीले प्रभावित १६ जिल्लामा उपचार केन्द्रको स्थापना गरिसकेका छौँ ।”

स्क्रब टाइफस एक प्रकारको ज्वरो हो । समयमै उपचार पाए सामान्य औषधि तथा एन्टिबायोटिक औषधिले निको हुन्छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार प्रायःगर्मी मौसममा देखिने यो रोगको समयमैै उपचार नपाए मात्र शरीरका अन्य भागमा ‘रिकेटसिया’ भन्ने एक सूक्ष्म ब्याक्टेरियाका कारण मानिसमा सर्ने गर्छ । मुसा, छुचुन्द्रो लगायत जीवबाट ससाना मुसाका कानमा बस्ने माइट (एक प्रकारको सूक्ष्म किरा) उत्पन्न हुन्छ । त्यही किरा झारपातबाट मानिसमा सर्छ । झाडी, चौर, झारपात, पुराना काठ आदिमा बस्ने किराले मुसा मार्फत मान्छेमा सरेपछि स्वस्थ्य मानिस पनि स्क्रब टाइफसको सङ्क्रमित हुने गर्छ ।

उहाँका अनुसार स्क्रब टाइफसको सङ्क्रमण भएमा मानिसमा एकनाशले ज्वरो आउने, टाउको भारी हुने, चिटचिट पसिना आउने, आँखा वरिपरि दुख्ने, थकाइ लाग्ने, कमजोर हुने, घाँटी वरिपरि रातो हुने जस्ता लक्षण देखापर्छन् । समयमै यसको उपचार नगरिएमा मानिसको मृत्युसम्म हुन सक्ने जानकारी उहाँले दिनुभयो ।

हाल यो रोगको प्रयोगशालाको जाँच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गर्दै आएको छ । बिरामीको रगतमा भएका आइजिएम प्रकारको एन्टिबडी पत्ता लगाई रोग लागेको नलागेको पत्ता लगाइन्छ ।

स्क्रब टाइपस रोग अधिकारिक रुपमा गत वर्ष भदौ १३ गते नेपालमा पहिलो पटक देखिएको प्रमाणित भएको थियो । सरुवा रोग भए पनि मानिसबाट मानिसमा भने यो रोग सर्दैन । रासस