Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चिठ्ठीमा लेखिएको थियो-‘तँलाई पनि बाँच्न दिन्न, म पनि बाँच्दिनँ’

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २, पोखरा । एकछिनको बोलीचाली र सुन्दर देख्दैमा विवाह गरिहाल्ने प्रवृत्ति गलत हुँदोरहेछ भन्ने शुक्रबार अपराह्न पोखराको चालिसेचोकमा भएको वीभत्स हत्याले पुष्टि गरेको छ ।

पाँच वर्षअघि छिनभरको भेटघाटमै स्याङ्जाको किचनाश गाविस–३ का २२ वर्षीय सञ्जीवबहादुर नेपाली र स्याङ्जाकै पौवेगौडे गाविस–२ की सोनम रेग्मीबीच अन्तर्जातीय विवाह भएको थियो ।

तल्लो जातिसँग विवाह गरेको भन्दै केटी पक्षका अभिभावक असन्तुष्ट बने । उनीहरुले छोरीलाई समेत वास्ता गर्न छोडे । आफ्ना माइती पक्षबाट टाढिँदै गएपछि सोनम र सञ्जीवबीचको सम्बन्धमा पनि खटपट सुरु भएको उनीहरुलाई चिन्ने नजिककाले बताउँछन् । सोनम सम्बन्धविच्छेद गर्न चाहन्थिन् भने सञ्जीव त्यसको विरोधमा थिए ।

सोनमको बलजोडले अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेपछि दुवै छुट्टाछुट्टै बस्दै आएका थिए । उनीहरुको मुद्दा विचाराधीन छ । केही महिनाअघि वैदेशिक रोजगारीमा विदेश गएका सञ्जीव दुई महिना नपुग्दै घर फर्केका थिए ।

सोनम चालिसेचोकको एक घरमा डेरा लिएर बसेको पत्ता लगाई सञ्जीव धारिलो चक्कुसहित ढोका बाहिर पुगेका थिए । उनले कोठाबाट आँगनमा निस्केकी सोनमलाई चक्कुले पेट र घाँटीमा प्रहार गरे ।

धारिलो हतियारको प्रहारबाट सोनमको घटनास्थलमै मृत्यु भएको थियो । उनले पनि गोजीबाट विष निकालेर सेवन गरेको र सख्त घाइते भएपछि गण्डकी मेडिकल कलेजमा उपचारार्थ लगिएकामा उपचार गर्दागर्दै उनको पनि मृत्यु भएको थियो ।

विष सेवन गरी आत्महत्या गरेका सञ्जीवको गोजीमा एउटा चिठ्ठी पनि फेला प¥यो । चिठीमा “तँलाई पनि बाँच्न दिन्न, म पनि बाँच्दिनँ” लेखिएको प्रहरीले जनाएको छ ।

अहिले मृतकका आफन्तलाई पोखरा बोलाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो । दुवैको शव परीक्षणका लागि अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । रासस