भदौ ३, काठमाडौं । रुट परमिट नभएका सबै ग्रामिण भेग जाने बसलाई काभ्रे प्रहरीले फिर्ता गरेको छ । प्रहरीले बिहीबार बीपी राजमार्गम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौं । रुट परमिट नभएका सबै ग्रामिण भेग जाने बसलाई काभ्रे प्रहरीले फिर्ता गरेको छ । प्रहरीले बिहीबार बीपी राजमार्गम"/>
२६ मंसिर २०८२, बिहीबार
काठमाडौँ - KTM

बिना रूट परमिटका बस फिर्ता, यात्रु अलपत्र

३ भाद्र २०७३, शुक्रबार ०१:४०

भदौ ३, काठमाडौं । रुट परमिट नभएका सबै ग्रामिण भेग जाने बसलाई काभ्रे प्रहरीले फिर्ता गरेको छ । प्रहरीले बिहीबार बीपी राजमार्गमा चलेका ठूला गाडीलाई भकुण्डेबाट फिर्ता गरेको थियो ।

भकुण्डेसम्म मात्रै परमिट भएकाले रोकिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । बीपी राजमार्ग पूर्णतया संचालनमा आए पनि सरकारले रुट परमिट जारी गरेको छैन ।

हिमाल–तराई यातायात सेवा समितिका अध्यक्ष आत्माराम थापाले ३ पटक निवेदन दिदा पनि सरकारले परमिट नदिएको बताए । उक्त रुटमा हिमाल–तराई यातायात, बीपी राजमार्ग यातायात, कमलामाई लगायत विभिन्न ४० समितिले सेवा संचालन गरिरहेका छन् ।

रुट परमिट नभएका क्षेत्रमा गाडी संचालन हुँदा दुर्घटना भएको र बिमाको समेत व्यवस्था नभएको भन्दै प्रहरी प्रशासनले रोक लगाउन थालेको हो । जिल्ला ट्राफिक प्रहरी प्रमुख सुकदेव खनालका अनुसार बिहीकार ६२ वटा बिना रुट परमिटका सवारी फिर्ता भएका छन् । सवार फिर्ता भएसँगै यात्रुहरू बिचल्लीमा परेका छन् । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै