Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बिना रूट परमिटका बस फिर्ता, यात्रु अलपत्र

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३, काठमाडौं । रुट परमिट नभएका सबै ग्रामिण भेग जाने बसलाई काभ्रे प्रहरीले फिर्ता गरेको छ । प्रहरीले बिहीबार बीपी राजमार्गमा चलेका ठूला गाडीलाई भकुण्डेबाट फिर्ता गरेको थियो ।

भकुण्डेसम्म मात्रै परमिट भएकाले रोकिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । बीपी राजमार्ग पूर्णतया संचालनमा आए पनि सरकारले रुट परमिट जारी गरेको छैन ।

हिमाल–तराई यातायात सेवा समितिका अध्यक्ष आत्माराम थापाले ३ पटक निवेदन दिदा पनि सरकारले परमिट नदिएको बताए । उक्त रुटमा हिमाल–तराई यातायात, बीपी राजमार्ग यातायात, कमलामाई लगायत विभिन्न ४० समितिले सेवा संचालन गरिरहेका छन् ।

रुट परमिट नभएका क्षेत्रमा गाडी संचालन हुँदा दुर्घटना भएको र बिमाको समेत व्यवस्था नभएको भन्दै प्रहरी प्रशासनले रोक लगाउन थालेको हो । जिल्ला ट्राफिक प्रहरी प्रमुख सुकदेव खनालका अनुसार बिहीकार ६२ वटा बिना रुट परमिटका सवारी फिर्ता भएका छन् । सवार फिर्ता भएसँगै यात्रुहरू बिचल्लीमा परेका छन् । -कान्तिपुर दैनिक