भदौ ३, काठमाडौँ । प्रचण्ड नेतृत्वको वर्तमान सरकाले हरेक दिन जनतालाई प्रत्यक्ष प्रभाव पार्ने काममा क्रियाशिल हुन थालेको छ । 

नक्कली डाक्टरलाई काम गर्न नदिने निर्णय होस् वा विदशेमा अलपत्र रहेका नेपालीलाई तत्काल राहत उपलब्ध गराउन र स्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौँ । प्रचण्ड नेतृत्वको वर्तमान सरकाले हरेक दिन जनतालाई प्रत्यक्ष प्रभाव पार्ने काममा क्रियाशिल हुन थालेको छ । 

नक्कली डाक्टरलाई काम गर्न नदिने निर्णय होस् वा विदशेमा अलपत्र रहेका नेपालीलाई तत्काल राहत उपलब्ध गराउन र स्व"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरेक दिन नयाँ काम, प्रचण्ड सरकार ‘हार्ड एण्ड फास्ट’ लक्ष्यमा

३ भाद्र २०७३, शुक्रबार ०१:४४

भदौ ३, काठमाडौँ । प्रचण्ड नेतृत्वको वर्तमान सरकाले हरेक दिन जनतालाई प्रत्यक्ष प्रभाव पार्ने काममा क्रियाशिल हुन थालेको छ । 

नक्कली डाक्टरलाई काम गर्न नदिने निर्णय होस् वा विदशेमा अलपत्र रहेका नेपालीलाई तत्काल राहत उपलब्ध गराउन र स्वदेश फर्काउन परराष्ट्र सचिवलाई दिएको निर्देशन होस वा बजार अनुगमनलाई प्रभावकारी बनाउन दिएको निर्देशन नै किन नहोस् प्रधानमन्त्रीले सकारात्मक लक्ष्यका साथ काम कारवाही सुरु गरेका छन् । 

उनले हरेक दिन हरेक घण्टा केही न केही नयाँ काम गर्ने, जुन काम मुलुक र जनताको पक्षमा होस् भन्नेचाहना राखेका छन् । प्रचण्ड बिहान उदाएदेखि मध्यरातसम्म नेपाली जनताको पक्षमा कसरी अगाडि बढ्ने, संविधानलाई कसरी कार्यान्वयनमा लैजाने, संविधानमा असन्त्ुास्टि व्यक्त गर्दै आएका मधेसवादी दललाई कसरी विश्वासमा लिएर अगाडि बढ्ने र राज्य पुनःसंरचनाको कामलाई कसरी चाँडो कार्यान्वयनमा ल्याउने भन्ने पक्षमा लागेका छन् ।

उनले सरकारमा रहेका वा नरहेका सबै दललाई विश्वासमा लिएर अगाडि बढ्ने र राष्ट्रिय आवश्यकतालाई पूरा गर्दै नेपालको आन्तरिक राष्ट्रिय एकतालाई पूरा गर्ने लक्ष्य राखेका छन् । प्रचण्डले योजनाबद्ध रुपमा सुरु गरेको अभियानका कारण मुलुकमा पछिल्लो दिनमा नयाँ विश्वास र नयाँ चेतनाको विकास समेत भएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै तराई मधेसमा मारिएका व्यक्तिलाई सहिद घोषणा गर्ने, घाइते तथा अशक्तलाई निशुल्क उपचार गर्ने तथा जनधनको क्षतिको विषयमा छानबिन समिति बनाउनेलगायतका महत्वपूर्ण निर्णयले नेपाली जनतामा नयाँ विश्वासको सञ्चार भएको छ ।

यस्तै प्रधानमन्त्रीले दलित, कर्णालीका नवजात शिसुको जन्मदर्ता गर्दा रु एक हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेका छन् । यो वर्गप्रति फर्किएको र माओवादीको परिचय दिएको प्रधानमन्त्री प्रचण्ड स्वयमले नै बताएका छन् ।

यस्तै चिकित्सक नपुगेका स्वास्थ्य चौकीमा तीन महिनाभित्र चिकित्सक पुयाउने, गरिबका लागि सरकार भन्ने जस्ता महत्वपूर्ण कार्यक्रम पनि प्रचण्डले अगाडि सारेका छन् । भारत र चीनसँग कुटनीतिक सन्तुलन मिलाएर मुलुक र जनताको हितमा प्रयोग गर्ने लक्ष्यका साथ दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाएका छन् ।

यसले नेपाल कुनै पनि मुलुकको पक्षमा भन्दा पनि नेपालको पक्षमा रहेको छ, नेपाली जनताको हितका लागि काम गर्छ, सबै छिमेकीसँग मिलेर अगाडि बढ्न चाहन्छ भन्ने सन्देश दिएको छ । प्रचण्डले दिनरात नेपाली जनताको हितका लागि, उनीहरुको जीवनस्तर सुधार गर्न र सरकार भएको अनुभूति दिलाउन काम गरेका छन् । उनी हालसम्म उक्लै कुदेका छन् ।

एक्लो कुदाईले मात्रै हुन्न , सरकार भनेको सामूहिकता हो, कर्मचारी प्रशासनले काम गर्दैन र सरकारलाई टेर्दैन, त्यसकारणकर्मचारी प्रशासनलाई पूर्ण क्षमतामा चलाउनका लागि प्रचण्डले अझै धेरै काम गर्न जरुरी छ । -जनआह्वान साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै