भदौ ३, काठमाडौं । युवाहरुको आपसी झगडामा एकजनाले ज्यान गुमाएको क्षेत्रपाटीको घटना सेलाउन नपाउँदै कपनमा तीनजना युवतीले अर्की युवतीलाई मरणासन्न हुनेगरी कुटेर घाइते बनाएका छन् ।

काठमाडौंका युवामा बढ्दै गरेको ‘ग्याङ फाईट’ (सामुहिक झगडा) को प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३, काठमाडौं । युवाहरुको आपसी झगडामा एकजनाले ज्यान गुमाएको क्षेत्रपाटीको घटना सेलाउन नपाउँदै कपनमा तीनजना युवतीले अर्की युवतीलाई मरणासन्न हुनेगरी कुटेर घाइते बनाएका छन् ।

काठमाडौंका युवामा बढ्दै गरेको ‘ग्याङ फाईट’ (सामुहिक झगडा) को प्"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण पर्यो कप्पनमा केटी-केटीबीच ग्याङ फाइट, १५ वर्षीय अस्मिता गम्भीर घाइते

३ भाद्र २०७३, शुक्रबार ०१:५७

भदौ ३, काठमाडौं । युवाहरुको आपसी झगडामा एकजनाले ज्यान गुमाएको क्षेत्रपाटीको घटना सेलाउन नपाउँदै कपनमा तीनजना युवतीले अर्की युवतीलाई मरणासन्न हुनेगरी कुटेर घाइते बनाएका छन् ।

काठमाडौंका युवामा बढ्दै गरेको ‘ग्याङ फाईट’ (सामुहिक झगडा) को प्रभाव यतिबेला युवतीमा समेत सरेको अनुमान प्रहरीले गरेको छ । प्रहरीले कपन साततले चोकमा कुटपिट गरेको आरोपमा तीनजना युवतीलाई पक्राउ गरेको छ ।

आफूलाई कर्के आँखाले हेरेको विषयमा तीनजना युवती मिलेर अर्की युवतीलाई मरणासन्न हुनेगरि कुटेको प्रहरीको भनाइ छ । महानगरीय प्रहरी प्रभाग कपनले १५ वर्षीय अस्मिता राई कुटपिट गरेको आरोपमा १९ वर्षीया सितल गुरुङ र मनता शाही तथा १६ वर्षीया एन्जुम शेर्पालाई बुधबार पक्राउ गरेको हो ।

प्रभागका इन्चार्ज फडिन्द्र रानाभाटका अनुसार कुटपिटमा संलग्न तीनैजना युवती साततलेमा रहेको पसलमा बस्ने र अस्मिता सोही बाटो भएर हिँडडुल गर्दा कर्के नजरले हेर्ने गरेको विवादमा घटना भएको हो ।

बुधबार साँझ तीनैजना पसलमा रहेका समय अस्मितालाई आउदै गरेको देखेपछि उनीहरुले फिल्मी शैलीमा अस्मितालाई कुटपिट गरेका थिए । कुटपिट गर्दा घाइते भएकी राईलाई उपचारको लागि हेल्पिङ ह्याण्ड अस्पताल चावहिल लगिएकोमा अस्पतालले थप उपचारका लागि दीर्घायु अस्पताल मित्रपार्कमा रेफर गरेको थियो। 

अस्मिताको टाउकोमा चोट लागेको छ । प्रभागले बुधबार नियन्त्रणमा लिएका तीनैजना र घाइतेका परिवारको आपसी सहमतिमा बिहीबार घटना मेलमिलापमा टुङगाएको छ । प्रहरी निरीक्षक रानाभाटका अनुसार घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने र अब मिलेर बस्ने दुवै पक्षबीच सहमति भएको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै