Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मापसे र लेन अनुशासन कक्षा टेलिभिजनमार्फत

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माधक पदार्थ सेवन र लेन अनुशासन उलङ्घन कक्षा अब स्मार्ट टेलिभिजनमार्फत लिने भएको छ ।

यस अगाडि प्रोजेक्टरमार्फत कक्षा लिँदै आएको महाशाखाले आइतबारदेखि टेलिभिजनमार्फत कक्षा सञ्चालन गर्न लागेको हो ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले प्रोजेक्टरमार्फत कक्षा सञ्चालन गर्दा प्रोजेक्टर तात्ने, घाम लागेर टल्कने जस्ता समस्या भएकाले टेलिभिजनमार्फत कक्षा सञ्चालन गर्न लागेको जानकारी दिए ।

उनले भने-, “मापसे र लेन अनुशासन सम्बन्धी दैनिक ६ घन्टा कक्षा लिन्छौँ, कक्षा लिँदा प्रोजेक्टर तात्ने हुँदा समस्या परेकाले टेलिभिजनमार्फत कक्षा लिन लागेका हौँ ।” महाशाखामा टेलिभिजन मार्फत कक्षा सञ्चालन गर्नका लागि ५८ इन्चको एलिडि टेलिभिजन जडान गरिएको छ । महाशाखाले बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कक्षा सञ्चालन गर्दै आएको छ ।

महाशाखाले हाल दैनिक लेन अनुशासन उलङ्घन सम्बन्धी ६ र माधक पदार्थ सेवन सम्बन्धी दुईवटा कक्षा लिँदै आएको छ । अहिले लेन अनुशासन उलङ्घन दैनिक ५०० जना र मापसे दैनिक १०० जनालाई कक्षा लिँदै आएको महाशाखाले जनाएको छ । रासस