भदौ ४, काठमाडौं । एमालेका दुई हस्तीबीचको सुदृढ अन्तरसम्बन्ध मदन भण्डारीको अवसानसँगै खुकुलो हुँदै गयो । दुवै एक–अर्काका प्रतिस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, काठमाडौं । एमालेका दुई हस्तीबीचको सुदृढ अन्तरसम्बन्ध मदन भण्डारीको अवसानसँगै खुकुलो हुँदै गयो । दुवै एक–अर्काका प्रतिस"/>
२६ मंसिर २०८२, बिहीबार
काठमाडौँ - KTM

केपी–वामदेवको सम्बन्ध यसरी बिग्रियो

४ भाद्र २०७३, शनिबार ०२:१९

भदौ ४, काठमाडौं । एमालेका दुई हस्तीबीचको सुदृढ अन्तरसम्बन्ध मदन भण्डारीको अवसानसँगै खुकुलो हुँदै गयो । दुवै एक–अर्काका प्रतिस्पर्धीका रूपमा अगाडि बढे । महाकाली सन्धिको विवादमा आएर दुई नेता पहिलोचोटि स्पष्ट रूपमा विभाजित भए ।

त्यसअघि २०५१ सालमा पहिलोपटक एमालेको नौ महिने सरकार बनेपछि केपी र वामदेवको दूरी बढ्न थालिसकेको थियो । माधव नेपाल उपप्रधानमन्त्री, परराष्ट्र तथा रक्षामन्त्री तथा केपी शक्तिशाली गृहमन्त्री भए ।

गौतमलाई विधानमै नभएको उपमहासचिव पद खडा गरेर पार्टी कामको जिम्मा लगाइयो । खासमा त्यसवेला उनलाई पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी दिइएको थियो ।

पार्टी केन्द्रमा आएदेखि महाकाली सन्धि संसद्बाट अनुमोदन हुनुअघिसम्म ओली–गौतमको राजनीतिक धुरी एकै थियो । तर, पार्टी सरकारबाट बाहिरिएपछि गौतम ‘माइनस’मा पर्न थाले ।

तत्कालीन महासचिव नेपाल र ओली दुवैले उपमहासचिवबाट राजीनामा दिन दबाब दिएपछि गौतमले आफ्नो भूमिकाको अवमूल्यन भएको ठान्दै झोक्किएर उपमहासचिव र केन्द्रीय कमिटी सदस्य दुवै पदबाट राजीनामा दिए ।

तर, केन्द्रीय कमिटीबाट दिएको राजीनामा अस्वीकृत, उपमहासचिवको राजीनामा मात्रै स्वीकृत भयो । उपमहासचिव पद खारेजीपछि गौतम पार्टी संस्थापनसित असन्तुष्ट बन्न थालेको जानकारहरू बताउँछन् ।

मदनसँगै बसेर मदिरा पिउँथे केपी–वामदेव

पार्टी विभाजन पहिले दुई नेताबीच हार्दिकतापूर्ण र अनौपचारिक प्रकृतिका सम्बन्ध पनि थिए । दुवै नेता डेरामा बाक्लै आवतजावत गर्थे । ओलीले गौतमलाई आफ्नै डेरामा पनि बोलाउाथे । चौथो र पााचौा महाधिवेशनको बीचमा उनीहरूबीच असाध्यै राम्रो दोस्ती थियो । 

तिनताका मदन भण्डारीसहित केपी र वामदेव सागै बसेर रमाइलोका लागि बेलुकी हल्का मदिरापान गर्दै मजाक पनि गर्थे । कहिले मदनकोमा त कहिले कसकोमा उनीहरू छलफल र रमाइलोका लागि बस्ने गर्थे ।  -नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै