Skip to content
Friday, July 17, 2026 Nepali Online Media

किन भयो अकस्मात तेलको हाहाकार ?

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ४, काठमाडौं । नेपाल आयल निगमले इन्ध वितरण नगर्दा बजारमा एक दिनमै इन्धनको अभाव देखिएको छ ।

सार्वजनिक विदा भन्दै निमगले बिहीबार इन्धन बितरण नगर्दा बजारमा चरम अभाव देखिएको हो । बजारमा इन्धन अभाव हुँदा शुक्रबार अधिकांश पेट्रोल पम्पमा इन्धन भर्ने उपभोक्ताको लाइन लागेको थियो ।

निगमले बिहीबार जनै पूणिर्माको दिन सार्वजनिक विदा भएकाले इन्धान वितरण नगर्दा शुक्रबार बजारमा समस्या देखिएको हो । इन्धन वितरण नियममित नहुँदा प्रायः सार्वजनिक विदाको दिनमा बजारमा इन्धन अभाव हुने गरेको निगमको दाबी छ ।

तर,यसअघि नाकाबन्दीबाहेक सार्वजनिक विदामा कहिल्यै इन्धनको अभाव भएको थिएन । यस पटक निगमले जानजान यस्तो काम गरेको स्रोतले दाबी गरेको छ ।

सार्वजनिक विदाअगाडि नै पर्याप्त इन्धन वितरण नगरी जानाजान अभाव सिर्जना गरेको उपभोक्ताको गुनासो छ । निजी पेट्रोलियम व्यवसायीले भने निगमले मागअनुसार इन्धन वितरण नगर्दा पम्पमा अभाव भएको बताएका छन् ।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले सार्वजनिक विदाको अघिल्लो दिन निमगमले पम्पलाई इन्धन वितरण नगर्दा बजारमा अभाव भएको बताए । -राजधानी दैनिक