Skip to content
Friday, July 17, 2026 Nepali Online Media

२४ सय नाघ्न थालेपछि माओवादी केन्द्रले आयोजक समिति परिमार्जन गर्दै

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ४, काठमाडौं । माओवादी केन्द्रको आयोजक समितिसमेत परिमार्जन गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले बैठकमा राखेका छन् ।

ठूलो संख्याको आयोजक समिति बन्दासमेत अझै आयोजक समितिमा थप गर्नुपर्ने नेताहरूको नाम केन्द्रीय कार्यालयमा थुप्रिन नछाडेपछि समिति परिमार्जन गर्ने प्रस्ताव प्रचण्डले गरेका हुन् । पछिल्लो तथ्यांकअनुसार माओवादी केन्द्रको आयोजक समिति २४ सय ८३ जनाको छ । प्रचण्डले पार्टी जिल्ला कमिटीसागको परामर्शका आधारमा प्रदेशहरूलाई नामावली परिमार्जन गरेर १५ दिनभित्र केन्द्रीय कार्यालयमा नाम पठाउन आग्रह गर्ने प्रस्ताव बैठकमा गरेका छन् ।

‘कतिपय नपर्नुपर्ने नेताहरू पनि आयोजक समितिमा परेको, कतिपय पर्नुपर्ने नपरेको जस्ता गुनासो आएपछि जिल्लासँगको परामर्शका आधारमा प्रदेशले नामका विषयमा टुंगो लगाई केन्द्रमा पठाउन १५ दिनभित्र समय दिने तयारी छ,’ गजुरेलले भने ।  -नयाँ पत्रिका दैनिक