भदौ ४, बर्दिया । जताततै खाल्टैखाल्टो तथा सडकमा पानी पर्नासाथ आवतजावत गर्न नसक्ने गर्मीमा धुलैधुलोले छोपिनु परेपछि चालकदेखि या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ४, बर्दिया । जताततै खाल्टैखाल्टो तथा सडकमा पानी पर्नासाथ आवतजावत गर्न नसक्ने गर्मीमा धुलैधुलोले छोपिनु परेपछि चालकदेखि या"/>
३० मंसिर २०८२, सोमबार
काठमाडौँ - KTM

हुलाकी सडकको लापर्बाहीले जनतालाई सास्ती

४ भाद्र २०७३, शनिबार ०६:१४

भदौ ४, बर्दिया । जताततै खाल्टैखाल्टो तथा सडकमा पानी पर्नासाथ आवतजावत गर्न नसक्ने गर्मीमा धुलैधुलोले छोपिनु परेपछि चालकदेखि यात्रुलाई यहाँ सास्ती हुने गरेको छ । 

वर्षयाम सुरु भएपछि गुलरिया भुरीगाउँ र कोठियाघाट हुलाकी सडकखण्डको यातायात सेवा नराम्ररी प्रभावित हुने गरेको छ । जताततै खाडल र हिलो हुने भएपछि आवतजावतमा कठिनाइ भएको सानोश्रीका रिपु गुरुङले गुनासो गर्दै भन्नुभयो “खाडल पुर्ने नाममा अघिल्लो वर्ष करोडभन्दा बढी कम खर्च गरे पनि सडक जस्ताको त्यस्तै छ ।” 

“बरु त्यही कामले गे्रडिङ गरी सडक सम्म पारेको भए सजिल्लो हुन्थ्यो”, उहाँले भन्नुभयो । विसं २०७१ साउनको अन्तिम सातामा आएको बाढीले हुलाकी सडकमा पर्ने पुलपुलेसा र सडकमा क्षति पु¥याएको थियो । 

भारतीय ठेकेदार कम्पनीबाट निमार्णाधीन हुलाकी मार्गको ठेक्का तोडिएपछि बाढीले भत्काएको सडक र पुल निर्माण अवरुद्ध भएको छ । बाढीले बिगारेको सडक र पुल मर्मतका लागि अर्थ मन्त्रालयले बजेट निकासा नदिँदा पुनःनिर्माणमा ढिलाइ भएको छ । हुलाकी सडक आयोजनका प्रमुख तुरुन्त मण्डल सडक स्तरोन्नति र 

कालोपत्रे गर्न सरकारले रकम नदिएका कारण निर्माण हुन नसकेको बताउनहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन