Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मोदीलाई लेखिएको प्रचण्डको पत्रमा महत्वपूर्ण चार सन्देश

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ ५, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको सन्देश भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा निधिले मोदीलाई एक चिठी नै दिएका हुन् । भेटपछि संक्षिप्त कुरा गर्दै निधिले मोदीसँय भेट असाध्यै सौहार्दपूर्ण रहेको बताए । तर, उनले विस्तृत बताउन चाहेनन् ।

निधिले मोदीसँग ३५ मिनेट सामूहिक र १५ मिनेट एक्लाएक्लै भेट गरेका थिए । स्रोतका अनुसार प्रचण्डको सन्दशमा विशेषतः चार महत्वपूर्ण बुँदा छन् ।

पहिलो प्रचण्डले आफ्नो सरकारको प्राथमिकता संविधानमा आवश्यक संशोधन गरी त्यसलाई सर्वस्वीकार्य बनाएर सेसाँ छिटो चुनावमा जाने उल्लेख गरेका छन् ।

त्सयसका लागि मधेसी मोर्चा र जनजातीका अुन्तुष्टि सम्बोधन गर्ने गृहकार्य सुरु भइसकेको जनाएका छन् ।

दोस्रो, नयाँ सरकार भारतसँगको सम्बन्धलाई सुमधुर बनाउन तयार दिइएको छ ।विगतमा दुई देशबीचमा देखिएका केही असाझदारी पूर्ण रुपमा हटेको प्रचण्डले उल्लेख गरेका छन् ।

तेस्रो, उच्चस्तरमा दुई पक्षीय भ्रमण गराउने प्रचण्डको सन्देश छ । यस्ता भ्रमणले दुई देशबीचको सम्बन्धले थप यचाई ग्रहण गर्ने उल्लेख गरिएको छ ।

चौथो, नयाँ सरकार विकासका परियोजनालाई अगाडि बढाउन चाहन्छ र त्यसका लागि भारतको सहयोग आवश्यक पर्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री प्रचण्डले यसअघि नै भारतीय पक्षलाई आफूले अगाडि बढाउन चाहेका परियोजनाको सूची नै बुझाइसकेको स्रोतको भनाइ छ । -कान्तिपुर दैनिक