पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ५, सप्तरी । विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरेको आरोपमा मोटरसाइकलसहित चार जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जमुनी मध्येपुरा– १ का २१ वर्षीय मिथिलेश यादव र अजय मण्डल तथा मलेकपुर– ५ का २४ वर्षीय दीपककुमार यादव र बेलहिचपेना गाविस– ३ का १५ वर्षीय मोहमद आलम छन् ।

मिथिलेश र अजयले दुई दिन अगाडि मलेठ गाविस– ४ बस्ने मो मुस्तकिमका स २ प ३७१९ नको ग्यालिडेटर मोटरसाइकल चोरी गरी लगेका थिए । प्रहरीले उनीहरुलाई मोटरसाइकलसहित पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

दीपक र मोहमदलाई भने मोटरसाइकलसहित ब्रह्मापुरबाट पक्राउ गरिएको हो । उनीहरुलाई मलेकपुर– ५ बस्ने गजेन्द्र यादवको स४ प ६२९१ को डिस्कभर मोटरसाइकल चोरी गरेको अभियोग लगाइएको छ । रासस