पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ५, काठमाडौँ । नेपाल आयल निगमले एक/दुई दिनभित्रै पेट्रोलियम पदार्थको वितरण सहज हुने जनाएको छ ।

उपत्यकाका पेट्रोल पम्पमा पर्याप्त इन्धन नहुँदा उपभोक्ताले इन्धन भर्न घन्टौँसम्म लाइन बसेर सास्ती बेहोरिरहेका बेला निगमले आज औसतभन्दा बढी इन्धन वितरण गरिएकाले वितरण सहज हुने बताएको हो ।

रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोबाट पर्याप्त इन्धन नआएको भन्दै निगमले पम्पलाई आवश्यक इन्धन नदिएका कारण झण्डै एक सातादेखि मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको थियो ।

उपत्यकाका केही पम्पले आज तेल वितरण गरेपनि उपभोक्ताको लामो लाइन देखिन्थ्यो । उपत्यकामा दैनिक चार लाख लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेकामा अहिले उपभोक्ताको मागलाई मध्यनजर गर्दै दैनिक छ लाख लिटर इन्धन वितरण गरेको निगमका निर्देशक नागेन्द्र झाले राससलाई जानकारी दिए ।

उनले बजारमा हल्ला भएजस्तो तेलको हाहाकार नभएको र अबको दुई दिनमै तेलको वितरण सहज हुने उल्लेख गरे । निगमका अनुसार रक्सौल नाकाबाट दैनिक पाँच लाख लिटर पेट्रोल आइएकामा अहिले दैनिक दुई लाख लिटर मात्र आइरहेको छ ।

बरौनीलगायत नाकाबाट तीन लाख लिटर पेट्रोलियम पदार्थ ल्याएर वितरण गरिएको निगमले जनाएको छ । रासस