Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

ललिता निवास जग्गा प्रकरणमा सुवेदी दम्पती पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ७, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन्।

भूमाफिया भनी किटान गरिएका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गए राती स्वयम्भूबाट सुवेदी दम्पतीलाई पक्राउ गरेको हो। उनीहरु अहिले सीआईबीको नियन्त्रणमा छन्। उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको छ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी सुवर्णशम्शेर परिवार नातेदारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदी बिचौलियाको भूमिकामा रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ।

सुवेदी दम्पतीसहित ११० जनाविरुद्ध सोही जग्गा प्रकरणमा बिगो कैद सहित हडपिएको जग्गा फिर्ताको माग दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विषेश अदातलमा मुद्दा दायर गरेको थियो। अख्तियारको अनुसन्धानपछि पनि सुवेदी दम्पती फरार थिए।