Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘अब मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनु पर्ने!’

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ७, काठमाडौँ | सरकारले दुई पाङ्ग्रे सवारी साधनको पछाडि बस्नेले पनि ‘हेल्मेट’ लगाउनु पर्ने व्यवस्था लागू गर्न लागेको छ। ‘सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले तयार परेको मस्यौदामा यस्तो व्यवस्था गर्न लागिएको हो।

उक्त व्यवस्थाले कानुनको रूप लिएमा मोटरसाइकल र स्कुटरको पछाडि बसेर यात्रा गर्नेले अनिवार्य रूपमा हेल्मेट लगाउनु पर्ने हुन्छ। दुई पाङ्ग्रेमा सुवार दुवै जनाले हेल्मेट लगाउने पर्ने यो व्यवस्था पहिलो पटक गर्न लागिएको भने होइन।

स्वास्थ्य मन्त्री बनेका डा. उपेन्द्र देवकोटाले यस्तो व्यवस्था ल्याएका थिए। यस्तै दुई पाङ्ग्रे सवारीको पछाडि बस्दा हेल्मेट लगाउनु पर्ने व्यवस्था आएको खण्डमा अर्बै रुपैयाँ हेल्मेटका लागि खर्चिनु पर्ने देखिएको छ।