Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सरकारले रोक्यो स्थानीय तहमा कर्मचारी सरुवा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ८, काठमाडौँ | सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा स्थगित गरेको छ। बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को व्यवस्था नभएसम्मको लागि स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको हो।

केही दिनअघि मात्रै मन्त्रालयले दुई सय ३२ जना कर्मचारीको अन्तर सरुवा गरेको थियो। सरकारले अन्तर स्थानीय तहबीचको सरुवामा रोक लगाएपछि अनुकूल ठाउँमा सरुवाको प्रक्रियामा रहेका कर्मचारी प्रभावित भएका छन्।

मन्त्रालयका शाखा अधिकृत रविन्द्रप्रसाद पौड्यालका अनुसार लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारीलाई कामकाजमा खटाउने सम्बन्धी कार्य मन्त्रीस्तरीय निर्णयानुसार अर्को व्यवस्था नभएसम्मको लागि अन्तर स्थानीय तहको सरुवा स्थगित गरिएको हो।

निर्वाचन आयोग आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुटिरहेको छ। छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी भइरहेकाले मन्त्रालयले कर्मचारीको सरुवा रोकेको हो।