५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिला चाेर आयाे भन्दै कराए, जब मान्छे भेला भए तब आत्महत्या गरे !

९ पुष २०७८, शुक्रबार ११:२५

पुस ९, काठमाडौँ | शुक्रबार बिहान ५ बजेतिर कपनमा ‘चोर आयो, चोर आयो’ भन्दै एक व्यक्ति कराएपछि छिमेकमा हुनेहरु दौडिएर बाटोतिर निस्किए । मान्छे जम्मा हुन थालेपछि ती व्यक्ति आफैं ‘म चोर होइन’ भन्दै सामुन्नेमा रहेको पक्की घरबाट माथि उक्लिए ।

‘बरण्डामा पुग्ने वित्तिकै उनले आफूलाई बिजुलीको कालो तारमा पासो लगाए’ महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी डुण्डिराज न्यौपाने भन्छन्, ‘त्यो देखेर केही मानिसहरु उनलाई तान्न पनि गएका रहेछन्, तर उनको मृत्यु भइसकेको थियो ।’

चोर आयो भन्दै कराउने व्यक्ति आफैं झुण्डिन गएपछि केही स्थानीयले मोबाइलमा भिडियो पनि बनाएका थिए । भिडियोमा उनी मानिसहरु जम्मा हुने वित्तिकै तारमा झुण्डिएको देखिन्छ । डीएसपी न्यौपाने भन्छन्, ‘भिडियोमा पनि उनी आफैं गएर झुण्डिएको देखिन्छ, कारणबारे अनुसन्धान भइरहेको छ ।’

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ का प्रकाश अधिकारी बूढानिलकण्ठ–११ मा बस्दै आएका थिए । उनी मजदुरी गरेर गुजारा चलाउँथे ।प्रहरी प्रभाग, कपनका एक प्रहरीका अनुसार उनले नियमित मादक पदार्थ सेवन गर्ने गरेको खुल्न आएकाे छ ।

‘मादक पदार्थको लत नै लागेको जस्तो देखिन्छ, तर पछिल्लो केही दिनदेखि उनले नखाएको भन्ने खुलेको छ,’ उनले भने, ‘बिहीबार पनि उनी राति उठेर बरबराएका थिए, आज मृत भेटिए ।’ प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महराजगञ्ज पठाएको डीएसपी न्यौपाने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय