Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पश्चिमी वायुको प्रभाव : उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपात

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ११, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभर आजको मौसम सामान्यतया सफा रहेको छ। पश्चिमी वायुको प्रभावका कारण आज उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात र पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि अन्य स्थानमा सामान्य रहेको छ।

दिउँसो भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

तराईका भू-भागमा बिहानरबेलुकी हुस्सु र कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रहसमेत गरेको छ।