Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा !

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कमल बिक्रम जिसी,पुस  १४, काठमाडौँ | काठमाडौँ उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो।

दिउँसो पनि मौसम प्रतिकूल हुने आँकलन गरिएको छ। बिहानै वर्षा र हिमपात भएपछि चिसो झनै बढेको छ। दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको आँकलन गरिएको छ।

आज देशैभर सामान्य देखि पूर्ण बदली रहेको र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षासंगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात शुरु भएको छ। काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि आज बिहानैबाट वर्षा भइरहेको छ। उपत्यकाका अग्ला पहाडहरु फूल्चोकी र चन्द्रागिरीमा हिमपात भएको छ।

वर्षा र हिमपातले देशैभर तापक्रम ह्वात्तै घटेको छ भने जाडो बढ्दा जनजीवन कष्टकर बनेको छ । वर्षाका कारण हवाई यातायात पनि प्रभावित भएको छ । मौसमविद्हरुले उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवनमा प्रतिकूल प्रभाव पर्नसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी पर्वतारोहणमा गएकाहरुले सतर्क बन्नुपर्ने सुझाव दिइएको छ।

कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्रमा गएरातिदेखि हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। उपल्लो डोल्पा, मध्य डोल्पाका साथै जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ।