पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई घूस खुवाउन खाज्ने दुईजना सोमबार १० लाख रकमसहित पक्राउ गरेका छन् ।

आयोगमा परेको एक उजुरीबाट उन्मुक्ति दिन अनुसन्धान अधिकृतलाई घूस खुवाउन खोज्ने जोरपाटीस्थित बुद्ध एकेडेमी आवासीय माध्यामिक विद्यालय, व्यवस्थापन समिति अध्यक्ष छिरिङ वांगेल शेर्पा र अखिल नेपाल हिमाली बौद्ध संघका अध्यक्ष सोनाम छिरिङ शेर्पा पक्राउ परेका हुन् ।

उक्त प्रकरणमा संलग्न पूर्वराज्यमन्त्री नरबहादुर बुढाथोकी फरार रहेकाले खोजी कार्य भइरहेको अख्तियारले जनाएको छ । डोल्पाका बुढाथोकी पञ्चायतकालमा आपूर्ति राज्यमन्त्री दिए । -अन्नपूर्ण पोस्ट दैनिक