२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थानकोट जेसीजका अध्यक्षमा सञ्चारकर्मी दानी

१६ पुष २०७८, शुक्रबार ११:४६

पुस १६, काठमाडौँ | थानकोट जेसीजका अध्यक्ष पदमा युवा सञ्चारकर्मी रोसन दानी निर्वाचित हुनुभएको छ । संस्थाको बिहीबार यहाँ सम्पन्न वार्षिक साधारणसभा तथा २२ औँ शाखा अधिवेशनले उहाँका अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । यसअघि उहाँ संस्थाको महासचिव पदमा कार्यरत हुनुहुन्थ्यो । 

नवनिर्वाचित अध्यक्ष दानी प्रगतिशील पत्रकार सङ्घ काठमाडौँ जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । यसैगरी शाखाको कार्यकारिणी उपाध्यक्षमा एलिना महर्जन, सुजना महर्जन श्रेष्ठ, राहुल गोपाली, रिकेस महर्जन निर्वाचित हुनुभएको नेपाल जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष मोहनलाल डाँगीले जानकारी दिनुभयो । 

नवनिर्वाचित अध्यक्ष दानीले महासचिवमा विपना बस्नेत, कोषाध्यक्षमा विराज शाही, कानुुनी सल्लाहकारमा विशाल शाही र सल्लाहकारमा संस्थापक अध्यक्ष नन्ददास अमात्य, सलिम श्रेष्ठ, पेशल खतिवडा, राज गोपाली र मोहन डाँगी मनोनीत गर्नुभएको छ । संस्थाले मानवीय सेवाका गतिविधि तथा युवामा नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक