२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमपातले गहुँबाली सप्रिने भन्दै किसान खुसी

२०७८, १८ पुष आईतवार ०९:२७

पुस १८, काठमाडौँ | लामो समयको खडेरी पश्चात् परेको हिमपातले जिल्लाका किसान खुसी भएका छन् । पानी नपरेकाले बारीमा छरेको गहुँबाली उम्रिन नसक्नाका साथै कीरा फट्याङ्ग्राले खाएर सक्ने भन्दै चिन्तामा रहेका यहाँका किसान दुई दिनसम्म परेको हिमपातले गहुँलगायत अन्य बालीलाई पानी पर्याप्त हुने भएकाले खुशी भएका हुन् ।

जिल्लाका उच्च लेकाली तथा आकासे पानीको भरमा खेती गरिएका ठाउँमा लगाइएका खेतीपातीका लागि बाक्लो हिमपातले प्रशस्त पानी पुगेकाले किसान रामाएका सायल गाउँपालिकाका तेजबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी नहुँदा गहुँ बाली सुकेको थियो, अधिकाँश ठाउँका बाली कीराले खाइसकेको थियो, हिमपातले राम्रो सिँचाइ भएकाले अब गहुँलगायत खेती सप्रिने भएका छन् ।” 

लामो समयदेखि पानी नपरेका बेला हिमपातसँगैको वर्षाले यहाँका किसानले लगाएका गहँु, तोरी, मसुरो, चनालगायत बाली तथा र आलु, काउली, बन्दालगायत तरकारी खेती राम्रो हुनाका साथै उत्पादनमा पनि वृद्धि हुने आशा पलाएको केआइसिंह गाउँपालिका–२ का किसान रुद्रलाल भट्टले जानकारी दिनुभयो । आकाशे पानीको भरमा खेती लगाउने डाडाँका बस्तीसँगै फाँटमा लगाइएको बालीमासमेत वर्षाले राम्रो भएको उहाँको भनाइ थियो । गएको असोज महिनादेखि पानी नपरेका कारण खेतीयोग्य जमिन सुक्खा भएका बेला पानी परेपछि हिउँदे बालीका साथै तरकारी खेतीको उत्पादनमा वृद्धि हुने र बेमौसमी वर्षाले राम्रो प्रभाव पारेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केही मात्रामा चिसो बढ्ने भएकाले थोरै बालीमा नोक्सानी गरे पनि अहिलेको हिमपात र वर्षाले उत्पादनमा वृद्धि ल्याउने ज्ञान केन्द्रको अपेक्षा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी