Skip to content
Friday, July 17, 2026 Nepali Online Media

फेसबुक ह्याक गरी रकम ठगी गर्ने किशोर पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २१, काठमाडौँ | विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी रकम मागी अनलाइन ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

प्रहरीले भक्तपुरको गठ्ठाघर बस्ने मोरङको पथरी शनिश्वरे नगरपालिका–१०, मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

विभिन्न व्यक्तिहरूको फेसबुक आईडी ह्याक गरी आईडीमा भएका व्यक्तिहरूलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।