३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाहरूको बेचबिखनको विज्ञापन गर्ने एप संचालन गरेको आरोपमा तीन जना पक्राउ

२१ पुष २०७८, बुधबार १६:१७

पुस २१, मुम्बई (रासस/एएफपी) | प्रभावशाली मुसलमान महिलाहरूको बेचबिखनको विज्ञापन गर्दै ‘लीलामी’ को नक्कली एप खडा गरेको आरोपमा तीन भारतीय युवा पक्राउ परेका प्रहरीले बुधबार जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूले करिब १० भन्दा बढी भारतीय मुश्लिम पत्रकार तथा भारतीय मुसलमानको अधिकारका लागि आवाज उठाउँदै आएका महिला अधिकारकर्मीहरूविरूद्ध अपमानजनक सन्देशहरूलाई ‘बुली बाई’ नाम दिइएको एपमा देखाइएको थियो । 

प्रहरीका अनुसार यस आरोपमा बीस वर्षका एक १८ वर्षीया महिला र दुई जना पुरूषलाई सुरक्षा नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ ।

“एपमा कुनै विशेष समुदायका केही महिलाहरूको तस्वीरहरू अपलोड गरिएको र आपत्तिजनक सन्देशहरू पनि राखिएको पाइएको छ,” मुम्बईका प्रहरी आयुक्त हेमन्त नाग्राले सञ्चारकर्मीलाई बताउनुभयो ।

यस विषयमा अनुसन्धान भइरहेकोले प्रहरीले थप विवरण दिन नमिल्ने नाग्राले बताउनुभयो । 

भारतका मुस्लिम अल्पसंख्यक सदस्यहरूले हालैका वर्षहरूमा आफ्ना समुदायलाई लक्षित गर्ने वा एक्लाउने प्रयासहरू भइरहेको आरोप लगाएका छन् । 

मुस्लिम महिलाहरूलाई लक्षित गर्ने अर्को नक्कली ‘लीलामी मञ्च’ छ महिनाअघि छोटो समय देखा परेको थियो । उक्त घटनाबारे प्रहरीले छानविन गरेको तर दोषीलाई कानूनी कारबाही गर्न असफल भएको मुस्लिम अधिकारीले बताएका छन् । 

हालैको एपमा प्रस्तुत गरिएका तस्बिरहरूबारे भारतीय नागरिक समाज तथा सर्वसाधारणबाट पनि सामाजिक सञ्जालमा दुःख व्यक्त गरिएको छ । 

कवि नबिया खानले अघिल्लो सप्ताहन्तमा ट्वीट गर्दै भन्नुभयो, “नयाँ वर्षको पहिलो दिन भारतमा हामीलाई यसरी स्वागत र व्यवहार गरिन्छ, जबकि मेरो देशका अन्य मानिसहरू रमाइलो, ठट्टा र पार्टी गर्छन् ।”

उहाँले भन्नुभयो, “कोहीविरूद्ध पनि आक्रमण गर्न, अपमानित गर्न, किन्न र बेच्न भारतीय कानूनले छुट दिएको छैन ।” 

यसैबीच, यो एप ‘होस्ट’ गरेको ‘ओपन सफ्टवेयर डेभलपमेन्ट प्लेटफर्म गिथहब’ले स्थानीय सञ्चारमाध्यमलाई प्रहरी जाँचमा सहयोग गर्ने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’